सेन्ट लुसियाकी अल्फ्रेडले जितिन् पेरिस ओलम्पिकको महिला १०० मिटरमा स्वर्ण

डिसी नेपाल
२० साउन २०८१ ९:५७

काठमाडौं। सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले जारी पेरिस ओलम्पिकको महिला १०० मिटरमा स्वर्ण पदक जितेकी छन्।

अल्फ्रेडले १०० मित्रको दुरी १०.७२ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेकी हुन्। उनले स्वर्ण पदकको प्रबल दाबेदार मानिएकी अमेरिकी धावक शाकारी रिचर्डसनलाई हराएकी थिइन् । अल्फ्रेडले सेन्ट लुसियालाई इतिहासमा पहिलो ओलम्पिक पदक दिलाएकी छन्।

रिचर्डसनले १०.८७ सेकेन्डमा सो दूरी पार गरेर रजत पदक जितेकी छन्। त्यस्तै अमेरिकाकै मेलिस्सा जेफर्सनले १०.९२ सेकेन्डमा सो दूरी पार गर्दै काश्य पदक जितेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *