यी अमेरिकी धावकले एक सेकेण्डको पाँच हजारौं हिस्साको अन्तरले दौड जितेर इतिहास रचे
काठमाडौं । पेरिस ओलम्पिकमा अमेरिकी स्प्रिन्ट स्टार नोआह लिल्सले १०० मिटर दौड एक सेकेण्डको पाँच हजारौं हिस्साको अन्तरले जितेका छन् ।
पेरिस ओलम्पिकको सबैभन्दा रोमाञ्चक खेलहरू मध्ये एकमा, नोआहले आफ्नो जीवनको उत्कृष्ट समय ९.७९ सेकेन्डमा दौड जितेका थिए। तर जमैकाका धावक किशन थम्पसनले पनि त्यही समयमा दौड पूरा गरे ।
दुबैको समय ९.७९ सेकेन्ड नै मानिएको थियो तर दुईको फरक सेकेन्डलाई हजार भाग लगाएपछि मात्र पत्ता लाग्यो । नोआहको भिन्नता .७८४ थियो जबकि थम्पसनको .७८९ थियो।
अमेरिकी धावक फ्रेड कर्ली ९ दशमलव ८१ सेकेण्डमा कास्य पदक विजेता बने ।
गत पटकको स्वर्ण पदक विजेता इटालीका ज्याकब्स मार्सेलले ९ दशमलव ८५ सेकेण्डमा दौड पूरा गरी पाँचौं स्थानमा रहे ।
प्रतिक्रिया
Facebook Comment