आज चारवटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
२२ साउन २०८१ ८:४०

काठमाडाैं। संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु हुनेछ भने केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन लगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *