क्यानडामा पाकिस्तानी मूलका व्यापारीलाई जिउँदै जलाइयो

डिसी नेपाल
२२ साउन २०८१ १४:५७

काठमाडौं । क्यानडामा खालिस्तानी नेता हरदीप सिंह निज्जरको मृत्यु भएपछि विरोध प्रदर्शनमा संलग्न क्यानेडियन-पाकिस्तानी व्यापारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरिएको छ। राहत रावलाई क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सरे शहरमा अज्ञात व्यक्तिले आगो लगाएका हुन् ।

राहत रावलाई आगो लगाउने व्यक्तिको उमेर २४–२५ वर्ष रहेको बताइएको छ । क्यानडा प्रहरीले आरोपीको फोटो पनि सार्वजनिक गरेको छ । गम्भीर घाइते राहत राव क्यानडामा धेरै सक्रिय छन् र खालिस्तानी नेता हरदीप निज्जरको मृत्युपछि धेरै प्रदर्शनमा संलग्न थिए।

स्रोतका अनुसार, राव पाकिस्तानको गुप्तचर एजेन्सी इन्टर-सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) को एजेन्ट होइनन् । धेरै मिडिया रिपोर्टहरूमा उनी आइएसआइ एजेन्ट भएको दावी गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *