अन्तर्वार्ता

‘बदलिएको राजनीतिक परिस्थितिले दुई देशको सम्बन्धमा कुनै असर गर्दैन’ (भिडियो)

दिनदया रिजाल, अध्यक्ष नेपाल-बंगलादेश मैत्री संघ

डिसी नेपाल
२३ साउन २०८१ १२:३९

बंगलादेशमा विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलनले उग्ररुप लिँदै अन्ततः प्रधानमन्त्री शेख हसिनालाई पदच्यूत गर्दै देश छाड्ने अवस्थामा पुर्याएको छ। त्यहाँको हसिना सरकारलाई आन्दोलनरत विद्यार्थीहरुले विस्थापन गरेका छन्।

अहिले हसिना प्रधानमन्त्री पद त्याग गर्दै भारतमा शरणमा लिन पुगेकी छिन् भने बंगलादेशमा सेनाको समन्वयमा सर्वपक्षीय छलफल पछि अन्तरिम सरकार गठन गरिएको छ।

नेपालको छिमेकी एवं दक्षिण एशियाली मलुक बंगलादेशको पछिल्लो राजनीतिक परिघटनाको आन्तरिक र बाह्य कारण, त्यसले नेपालमा पार्न सक्ने प्रभावका विषयमा केन्द्रित रहेर लामो समयदेखि त्यहाँको राजनीतिक अवस्थालाई नियालिरहेका नेपाल बंगलादेश मैत्री संघका अध्यक्ष दिनदया रिजालसँग कुराकानी गरेका छौं। प्रस्तुत छ रिजालसँग गरिएको कुराकानीः

बंगलादेशको पछिल्लो राजनीतिक अवस्थालाई यहाँले कसरी हेरिरहनु भएको छ ?

बंगलादेशको राजनीतिक अवस्था अत्यन्तै अहिले नाजुक छ। भर्खरै हाम्रो कुराकानी भएको थियो। प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पद त्याग गर्दैै भारतमा निर्वासित हुनुभएको छ।

उहाँले समयमै त्यहाको आरक्षण विरोधी आन्दोलनलाई समन्वय गर्दै वार्तामार्फत समाधान गर्न सकिन्थ्यो। उहाँले सहकार्य गर्न सक्नुभएन र सानो झिल्कोले आज देश छाडेर जाने अवस्था आयो। उहाँले समयमै आन्दोलनरत विद्यार्थीसँग समन्वयको पहल गरेको भए यो स्थिति उत्पन्न हुने थिएन।

बंगलादेशमा आरक्षण विरोधीे आन्दोलनले उग्ररुप लिएर आजको अवस्था निम्तिएको छ, के कति कारणले यो विषय त्यहाँ प्रबल रुपमा उठ्यो?

आरक्षण महत्वपूर्ण होेइन, विद्यार्थीहरुको आन्दोलन चलिरहेकै थियो। शेख हसिनाका पिता शेख मुजीबुर्रहमानरले भाषाका कारणले देश निर्माण गरेका थिए। मेरो बुबाले निर्माण गरेको देश मैले जोगाउनु पर्छ भन्ने भावना उहाँमा हुनुपर्ने त्यसमा उहाँ चुक्नुभएको हो।

अहिले निर्वासित प्रधानमन्त्रीकी पिताले पनि आन्दोलन गर्दै देश निर्माण गर्नु भएको थियो। त्यस बखत स्वतन्त्र बंगलादेशको निर्माणका क्रममा सहभागी स्वतन्त्र सेनानीहरुका सन्तानलाई सहुलियत स्वरुप आरक्षणको व्यवस्था गरिएको थियो। त्यसलाई समयानुकुल परिमार्जन गर्दै आफ्नो पिताले आर्जेको साखलाई जोगाउनु पर्दथ्यो। त्यसमा उहाँ(शेख हसिना) चुक्नुभयो।

उहाँले युवाको आन्दोलनबाट डराउनु् प्रदैन थियो। मेरो बुबाले मुलुक निर्माण गरेको भन्दै उहाँले सहकार्य गर्न सक्ुन भएन। उहाँले पिताको नाम राख्न सक्नु भएन। अहिले त्यहाँ शेख जिर रहमानको शालिक फुटाइँदै छ। मुलुक निर्माताको आज आक्रोश चुलिएको छ। समयमै सहकार्य र समन्वय गर्न नसक्दा यस्तो विकराल अवस्थाको सामना गर्नुपर्‍याे।

आरक्षणको विषयले उग्ररुप लिएर मात्रै त्यहाँ त्यस प्रकारको असन्तुष्टि मात्रै चुलिएको होइन त्यसमा अन्य कारण पनि छ भनिन्छ नि?

शेख रहिमानले बंगलादेश निर्माणमा सहादत प्राप्त गरेका स्वतन्त्र सेनानीहरुको सन्तानलाई आरक्षण दिने व्यवस्था गरिएको थियो। शेख मुजीबुर्रहमानले तिनका सन्तानलाई विभिन्न क्षेत्रमा आरक्षणको सहुलीयत दिइएको थियो। गत निर्वाचनमा पनि उहाँको पक्षमा जनमत देखिएकै थिएन। अधिकांश दलले सहभागिता जनाएका थिएनन्।

अहिले देखिएको समस्या आरक्षितको संख्या घटाउनुपर्ने विषयमा त्यहाँका विद्यार्थीहरुले सुरु गरेको आआन्दोलनले आजको अवस्था निम्तिएको हो। आरक्षणको व्यवस्था परिर्वन केही हदसम्म गरिएको पनि थियो।

तर, पछिल्लो आन्दोनले उग्ररुप लिनु अगावै उहाँले सहजीकरणको पहल गरेको भए आजको अवस्था आउने थिएन। यसमा शेख हसिनाको दल पनि जिम्मेवार छ । र उनका सल्लाहकारले पनि समयमै पहल गर्न नसकेपछि यो स्थिति निम्तिएको हो।

लाखौं मानिस प्रधानमन्त्री कार्यालय नजिक आएपछि सेनाले देश छाड्न आग्रह गरेको थियो। जनतालाई दमन गर्नुभन्दा प्रधानमन्त्रीलाई ४५ मिनेटमै देश छाड्न आग्रह गरेको थियो।

प्रधानमनी देश छाड्ने अवस्थामा राष्ट्रलाई सम्बोधन गर्न पनि नपाएर देश छाड्नु परेको हो। विडम्बनापूर्ण अवस्था त्यहाँ देखियो। जनताले प्रधानमन्त्री निवासमा पुगेर अनेकौं हर्कत गरे यसले त्यहाँ जनतामा शेख हसिनाप्रति आक्रोश पनि देखियो।

अब बंगलादेशको राजनीतिक भविष्य कस्तो होला? यहाँले कसरी आँकलन गर्नु भएको छ?

आशा गरौं राजनीतिक भविष्य राम्रो होस् र त्यहाँको मानिस प्रधानमन्त्री कार्यालय नजिक आएपछि सेनाले नै देश छाड्ने सल्लाह दिएको हो। सेनाले जनता मार्नु भन्दा प्रधानमन्त्रीले देश छाड्नु उपयुक्त हुने निष्कर्षमा पुगेको हो।

अहिले सेनाले सर्वपक्षीय छलफल गरेर नागरिक समाज सहित अन्तरिम सरकारको गठन गरेको छ। सेनाले समन्वयकारी भूमिका निर्वाह गरेको देखिन्छ। मोहम्मद युनुस अन्तरिम प्रधानमन्त्री बनेका छन्।

उहाँ २००६ को नोबेल पुरस्कार विजेता समेत हुनुहुन्छ। अब बंगलादेशको राजनीतिले कस्तो दिशा तय गर्छ अझै यकिन गर्न सकिन्न। अन्तरिम सरकारले सही बाटोमा लैजाने आशामा छौं। अन्तर्राष्ट्रिय सम्ुदायले पनि यसलाई कसरी नियालिरहेका छन् भन्ने कुराले पनि प्रभाव पार्ला।

तैपनि उहाँको नेतृत्वको सरकारले बंगलादेशलाई राजनीतिक स्थायीत्वको दिशामा लैजाने हामीले आशा गर्न सक्छौं। लामो समय जेल जीवन बिताउनु भएकीे विपक्षी दलको नेतृ पनि अहिल रिहा भइसक्नु भएको छ।

निर्वासित हुन बाध्य भएकी निवर्तमान प्रधानमन्त्रीको राजनीतिक भविष्य अब कस्तो होला? उनको आगामी जीवन निर्वासनमै बित्ला या पुनः राजनीतिक पुनरागमनको अवस्था आउला?

उहाँको उमेर र पछिल्लो परिघटनाले राजनीतिक पुनरागमको सम्भावना म देख्दिन। किनभने एकातिर उहाँको घर्किँदो उमेर र जनताको पनि उहाँप्रति सदाशयता देखिएन।

जनताको उहाँको पार्टीप्रति पनि तिव्र आक्रोश स्वरुप पार्टी कार्यालयमा आगजनी गरे। यी विविध कारणले उहाँको राजनीतिक पुनरागमनको सम्भावना चाहिँ मैले देखेको छैन। आगामी जीवन निर्वासनमै बित्ने अहिलेसम्मको स्थिति छ।

यद्यपि भोलि उहाँलाई बंगलादेशी जनताले सहानुभूति प्रकट गरेर मुलुक फर्किने वातावरण बन्न पनि सक्ला। तर राजनीतिक रुपमा सक्रियता कायम रहने सम्भावना भने देखिँदैन।

बंगलादेशमा देखा परेको अहिलेको समस्या त्यहाँको आन्तरिक कारणले मात्रै हो या यसमा भूराजनीतिक कारणले पनि भूमिका खेलेको छ ?

देशको नेतृत्वले सबै विषय गम्भीरता पूर्वक लिएर सोही अनुरुप रणनीति तय गर्नुपर्छ। विभिन्न बाह्य मुलुकको भूमिका रहेको पनि बताइरहेका छन्। तर यसमा प्रमुख त आन्तरिक कारण नै हो।

जनता र नेता मिलेमा बाह्य कारणले मात्रै खासै प्रभाव पार्दैन। अघोषित रुपमा बाह्य भूमिका पनि स्वार्थ होला तर मूलतः यसमा आन्तरिक कारण नै प्रधान हो। अन्य शक्ति राष्ट्रको स्वार्थलाई चिर्ने भनेको देृशकै नेतृत्वले हो । त्यसलाई चिर्ने सामथ्र्य राख्नुपर्छ।

दक्षिण एशियाली मुलुक त्यसमा पनि नेपालको छिमेकी देशमा घटेको यस घटनाले नेपालमा कुनै राजनीतिक प्रभाव पर्न सक्छ?

बंगलादेश र नेपालको अवस्थिति बिल्कुलै भिन्न अवस्था छ। त्यहाँ उनीहरुको एकल भाषा र भेष छ। संस्कृति पनि अत्यन्तै बलियो छ। नेपालमा त्यहाको राजनीतिक परिघटनाको प्रभाव पर्ने सम्भावना रहेको छ।

तर, त्यहाँका जनता नै अग्रसर छ। अहिले त्यहाको नेतृत्व कसले लिएर अघि बढ्ला भन्ने आशंका त व्याप्त छ। तथापि नेपालको राजनीतिक बनोट र यहाँको सामाजिक बनावट अलि भिन्न भएकाले त्यहाको हुबहु प्रभाव पर्ला जस्तो त लाग्दैन। तैपनि केही तरंग आउनु अस्वाभाविक होइन।

नेपालसँग सीमा जोडिएको छिमेकी राष्ट्र भएकाले केही तरंग र चासो भएकै छ। तर त्यहाँको जस्तै विकराल स्थिति आउनका लागि यहाँको राजनीतिक, सामाजिक सम्बन्धले दिँदैन। आन्दोलका स्वरुप भिन्न हुन सक्छन्। यहाँ पनि राजनीतिक नेतृत्वसँग जनताका असन्तुष्टि बढ्दो छ। चौतर्फि निराशा छ। केही प्रभाव नपर्ला भन्न सकिन्न।

पछिल्लो संकटपूर्ण राजनीतिक अवस्था पछि त्यहाँ रहेका नेपालीहरुको अवस्था कस्तो छ? उनीहरु त्यहा सुरक्षित छन् कि छैनन्? यहाँको जानकारीमा के छ?

त्यहाँका नेपालीहरुलाई कुनै पनि घटना भएको छैन। सम्पूर्ण सुरक्षित छन्। अधिकांश विद्यार्थीहरु नेपालीहरु फर्किएका छन्। करिब ३६०० विद्यार्थीहरु त्यहाँ अध्ययन रहेका थिए। तीमध्ये अधिकांश स्वदेश फर्किसकेका छन्।

मैले नेपाली राजदूतावासको सचिवसँग सम्पर्क गर्दा त्यहाँ रोजगारीका लागि रहेका अन्य नेपालीहरुलाई पनि कुनै खतरा रहेको छैन। विस्तारै परिस्थिति सहज बन्दै गइरहेको छ। वातावरण अनुकुलित हुने बित्तिकै नेपालमा सहजै रुपले फर्किने तयारीमा छ। अहिले त्यहाँका नेपालीहरु पूर्णरुपले सुरक्षित छन्।

नेपालमा पनि निश्चित समुदायलाई आरक्षण दिँदै आइएको छ। यहाँ पनि त्यसबारेमा कतिपयको असन्तुष्टि देखिएको छ। यसले पनि निकट समयमै आन्दोलनकै रुप लिने सम्भावना रहन्छ कि रहँदैन?

संविधानमा वर्गीय तवरले आरक्षण दिने व्यवस्था गर्न जरुरी छ। आरक्षण भनेको अल्झाउने विषय मात्रै हो। मानिस जन्मे पछि उसलाई कुन बाटोमा लैजाने परिवारको भूमिका हुन्छ ।

त्यसैले जातीय आधारमा दिइने आरक्षणले विभेदलाई प्रश्रय दिइरहेको छ। यसलाई परिमार्जन गर्नु जरुरी छ। जात भन्ने कहीँ पनि हुँदैन। जातमा महिला र पुरुषमात्रै कायम गराउन्पर्छ। वर्गमा धनी र गरिब गरि छुट्याउनुपर्छ। अब गरिने संविधान संशोधनम यो विषय समेट्नुपर्छ।

आरक्षणको विषयले असन्तुष्टि बढाएकै छ। यसलाई उग्ररुप आउन नदिन राज्यले वर्गका आधारमा राज्यका विभिन्न तहमा सहभागी गराउने वैज्ञानिक विधि अबलम्बन गर्नुपर्छ।

नेपाल बंगलादेशकोे द्विपक्षीय सम्बन्धमा त्यहाँको बदलिएको राजनीतिक अवस्थाले कुनै असर पार्ला?

सम्बन्धमा गतिरोध कुनै अवस्थामा आउँदैन नेपालले आफ्नो कूटनीतिक सँबन्ध यथावत नै राख्नुपर्छ। बंगलादेश निर्माणमा नेपाली(गोर्खाली)हरुको पनि प्रमुख भूमिका रहेको छ। उनीहरुलाई त्यहाँ सम्मानित दर्जा दिइएको छ।

हाम्रो सम्बन्धमा कुनै हालतमा समस्या हुँदैन ।जनस्तरबाटकै सम्बन्ध हो ।त्यसैले दुई देशको सम्बन्ध चिरस्थायी रहन्छ। नेपालले पुरानै कूटनीतिक सम्बन्धलाई निरन्तरता दिन जरुरी छ। सम्बन्ध मजबुद बनाउन हामीले सहकार्य गर्न जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *