पर्यटनमन्त्री पाण्डेद्वारा हेलिकोप्टर दुर्घटना स्थलको स्थलगत निरीक्षण

डिसी नेपाल
२४ साउन २०८१ ११:४८

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले हेलिकप्टर दुर्घटना स्थलको निरीक्षण गरेका छन्। आज विहान नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौर पुगेर मन्त्री पाण्डेले दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेका हुन्।

बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना भएको थियो। सो दुर्घटनामा पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो।

निरीक्षणका क्रममा दुर्घटना स्थलमा पुगेका मन्त्री पाण्डेसँग मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए।

मन्त्री पाण्डेले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण रहेको बताए। उनले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरिने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *