अनुशासन तोडेपछि भारतीय कुश्ती खेलाडीलाई कारबाही, ओलम्पिक भिलेजबाट फिर्ता पठाइने

काठमाडौं । पेरिस ओलम्पिकबाट भारतीय महिला कुश्ती खेलाडी अन्तिम पंघाल र उनको सहयोगी स्टाफलाई भारत फिर्ता पठाइने भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार अन्तिम पंघालले आफ्नो ओलम्पिक भिलेज एक्रिडिएशन आफ्नी बहिनीलाई दिएका कारण उनीविरुद्ध यो कारबाही गरिएको हो ।
समाचार एजेन्सी पीटीआईले भारतीय ओलम्पिक संघलाई उद्धृत गर्दै बताएअनुसार अनुशासन उल्लङ्घन पछि पंघाललाई अयोग्य घोषित गर्दै उनी र उनका सम्पूर्ण स्टाफलाई फिर्ता पठाउने निर्णय गरिएको छ।
यसअघि पेरिस महिला कुस्ती प्रतियोगिताको ५३ केजी तौल समूहमा पराजित हुँदै पंघाल ओलम्पिकबाट बाहिरिएकी थिइन् ।
महिला ५३ केजी फ्रिस्टाइल राउण्ड अफ १६ बाउटमा टर्कीकी जेनेप यतिगिलले भारतीय पहलवान पंघाललाई १०–० ले हराएकी हुन् ।
प्रतिक्रिया
Facebook Comment