कश्मीरी युवतिबारे टिप्पणीले झण्डै मुख्यमन्त्री पद खुस्केन

डिसी नेपाल
२५ साउन २०७६ १८:४४

नयाँ दिल्ली । भारतले कश्मीरलाई दिएको विशेषाधिकार खारेज गरेपछि उत्साहित भारतीय नेताहरुले आफ्नो पदीय मर्यादा बिर्सेर टिप्पणीहरु दिइरहेका छन् । केही दिनअघि एक भारतीय जनता पार्टीका सांसदले कश्मीरी युवतिबारे दिएको प्रतिक्रियाले भएको हंगामा सेलाउन नपाउँदै भाजापा नेता तथा हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले यस्तै एक गलत टिप्पणी गरे।

शुक्रबार एका कार्यक्रममा उनले भनेका थिए, ‘हाम्रा एक मन्त्रीजी बिहारबाट बुहारी ल्याउने भन्नुहुन्थ्यो अब कश्मीरबाट पनि बुहारी ल्याउने बाटो खुला भएको छ, अब हामी कश्मीरबाट युवतिहरु ल्याउने छौं ।’

मुख्यमन्त्री खट्टरको कश्मीरी युवतिबारेको यो टिप्पणीले भारतमा हंगामा भएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले यो टिप्पणीबारे प्रतिक्रिया दिँदै ‘एक सडकछाप रोमियो’ भनेकी छन्। उनले महिलामाथि यस्तो घटिया बिचार राख्ने व्यक्तिविरुद्ध मुद्दा दायर हुनुपर्ने बताएकी छन्।

पश्मिब बंगालकी मुख्यमन्त्री ममता बर्नजी र काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले पनि कडा प्रतिक्रिया दिएका छन्। यतिमात्र होइन खेलाडीदेखि बलिउड सेलिब्रटीले पनि मुख्यमन्त्री खट्टरको यो भनाईका विरोध गरेका छन् । उनले आफ्नो संवैधानिक पदको मर्यादासमेत ख्याल नगरेको भन्दै आलोचना भएको छ ।

आलोचना निकै बढेपछि शनिबार मुख्यमन्त्री खट्टरले आफ्नो टिप्पणी सुधार गर्दै कश्मीरी युवतिहरु छोरी जस्तै भएको बताएका छन्। उनले भारतका सबै युवति छोरी जस्तै भएको र कश्मीरी युवति पनि छोरी जस्तै भएको बताएका छन्।

भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेपछि नेताहरुमात्र होइन भारतीय युवाहरुलेसमेत कश्मीरी युवतिसँग बिहे गर्ने आशयका विचारहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्।

यो उनीहरुले बिहे गर्नकै लागि भनेका गरेका होइनन् । विशेषाधिकारका कारण यसअघि जम्मू कश्मीरकी युवतिसँग बिहे गर्ने अन्य राज्यका युवाहरुले कश्मीरमा सम्पत्ति जोड्न पाउँदैन थिए । साथै उनीहरुबाट जन्मिने बच्चाहरुले पनि मावलीतर्फको सम्पत्तिमा कुनै अधिकार पाउँदैन थिए।

विशेषाधिकार खारेजसँगै यो बन्देज पनि खारेज भएपछि कश्मीरी युवतिहरुबारे यस्ता टिप्पणीहरु भएका हुन्। हिमालयका कश्मीरी युवतिहरु निकै आकर्षक र सुन्दर मानिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *