चितवनकी सुनिताले जितिन् मिसेस ग्लोवल नेपाल -२०२४ को ताज
काठमाडौं। यस बर्षको मिसेस ग्लोवल नेपाल २०२४ को ताज चितवनकी फेसन डिजाइनर सुनिता भुजेलले जित्न सफल भएकी छिन्। ताजसँगै उनले एन.एफ.इ.ए. २०२५ आवार्ड जापान जाने इन्ट्री प्याकेज समेत पाएकी छन्।
शनिबार अपरान्ह राजधानीको म्यूजिक सिटी स्टुडीयोमा सम्पन्न सो कार्यक्रममा सुष्मा लामा गुरुङ फस्ट रनर अप तथा रोजी मर्हजन सेकेन्ड रनर अप हुन सफल भए। हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न सो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीता सिरिजको सातौं संस्करण हो।
अन्तर्राष्ट्रिय अर्वाड बिजेता तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा दर्जन बढी प्रतियोगीहरुले करिब तीन सातासम्म ब्यक्तित्व विकास वोलीचाली अभ्यास, स्टेज को प्रस्तुती क्याटवाक, फोटोसुट, वौद्धिकता अभिवृद्धि, आत्मविश्वास अभिवृद्धि लगायत विषयमा तालिम लिएका थिए।
निकै आकर्षक पहिरनका विविध संस्करणहरुमा प्रतियोगीहरुले परिचयात्मक, पोशाक प्रद्र्धशनी, उतकृष्ट दश, उत्कृष्ट पाँचको प्रश्नोक्तर चरण पार गर्दै बिजयको संघारमा पुगेका थिए। कोरियोग्राफर हिमानी आफैं निकै जोशिलो मुद्रामा र्याम्पमा उत्रिएकी थिइन्। कार्यक्रममा कलाकारहरुको बेजोड नृत्यहरु आर्कषक ढङ्गमा प्रस्तुत गरिएको थियो।
सो कार्यक्रममा विविध सवटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो जसमा विजेता सुनीता मोस्ट इन्टिलिजेन्ट र बेस्ट ड्रस, उपबिजेताहरु सुष्मा लामा गुरुङ मोस्ट एट्राक्टिम र रोजी मर्हजन मोस्ट कन्फिडेन्टको उपाधि हात पार्न सफल भएका थिए त्यस्तै गरी अन्यतर्फ मोस्ट ग्रोसफुल सन्जु मगर, मोस्ट इलिगेन्ट सृजना तावा, मोस्ट स्मार्ट मोनिका प्रधान, मोस्ट चार्मिङ रजनी शाही, मोस्ट डिलिजेन्ट लमु शेपा, मोस्ट डाइनामिक पूजा थापा बखती, मोस्ट डेडीकेट पूजा लामा, मोस्ट प्यासोनेट बिमला मगराति, बेस्ट फोटोजेनिक विद्या थापा पोखरेल, वेस्ट पर्सनालिटी सम्झना नेपाली, पब्लिक च्वाइस भिडियो विद्याा थापा पोखरेल र मोस्ट पपुलर सृजना तावा हुन सफल भएका थिए।
कार्यक्रमको निर्यायक मण्डलमा चर्चित नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, मोडल, भिजे एवं बैंकर शुभ आर्चाय, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ, मिसेस क्यापिटल क्विन नेपाल-२०२३ लक्ष्मी भुषाल र मिसेस नोबेल नेपाल २०२३ एवं फेसन डिजाइनर सिरोसा सापकोटा रहेका थिए भने कार्यक्रमको संञ्चालन रोजिन शाक्यले गरेका थिए। विवाहित महिलाहरुको क्षमता प्रतिभा अभिवृद्धिको लागि सो कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।
Facebook Comment