युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि आक्रमण गरेको स्वीकार गरे

डिसी नेपाल
२७ साउन २०८१ १३:०२

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पहिलो पटक आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेका छन् ।

शनिबार राति एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सेनाले युद्धलाई “आक्रामक क्षेत्रमा” धकेलिरहेको बताए।

युक्रेनले अभियान सुरु गरेको पाँच दिनपछि यो बयान आएको हो। यस आक्रमणले रुसलाई स्तब्ध बनाएको छ र सीमाको दुबै छेउमा ठूलो संख्यामा मानिसहरूलाई स्थानान्तरण गर्न प्रेरित गरेको छ।

आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोट भएको खबर प्राप्त भएको छ ।

शनिबारको सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले आफ्ना लडाकुहरूलाई धन्यवाद दिँदै रुसी भूमिमा भइरहेको कारबाहीका बारेमा वरिष्ठ सेना कमाण्डर ओलेक्सान्डर सिर्स्कीसँग छलफल गरेको बताए।

उनले युक्रेनले न्याय सुनिश्चित गर्न र आक्रमणकारीलाई दबाब दिन सक्ने प्रमाणित गरिरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *