जापानका प्रधानमन्त्री किशिदा पार्टीको नेताको उम्मेदवार नबन्ने, देशले नयाँ प्रधानमन्त्री पाउने
काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी ) को नेताको चुनाबमा पुनः उम्मेदवारी नदिने निर्णय गरेका छन् । योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने भएको छ ।
फुमियो किशिदाले निर्णयको बारेमा भने, “पार्टीलाई नयाँ सुरुवात चाहिन्छ।” ६७ वर्षीया किशिदाले सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।
जापानमा किशिदाको समर्थन पनि घट्दै गएको छ । यसको पछाडि उनको पार्टी भ्रष्टाचार र घोटालाको आरोपमा फसेको बताइएको छ । यसबाहेक किशिदा सरकारले बढ्दो मुद्रास्फीति, येन (जापानी मुद्रा) को मूल्य घट्ने जस्ता समस्या पनि सामना गरिरहेको छ ।
किशिदाको पार्टीमा पनि उनको नेतृत्वमा आमनिर्वाचन जित्न सकिन्छ कि सकिन्न भन्ने शंका छ । निर्वाचन विश्लेषकहरूले बीबीसीलाई जापान अहिले पुस्ता परिवर्तनबाट गुज्रिरहेको र सत्तामा रहेको पार्टी आफ्नो छवि सफा गर्न संघर्ष गरिरहेको बताए।
Facebook Comment