रोमाञ्चक खेलमा सोमपालको टिम विजयी, फाइनलमा नाईट्ससँग भिड्ने

डिसी नेपाल
२६ साउन २०७६ ६:५४

एजेन्सी । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी खेलमा नेपालका सोमपाल कामी रहेको टिम वेन्निपेग हक्स फाईनल प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा ब्रामटन वुल्भलाई ७ विकेटले पराजित गर्दै हक्सले उपाधि भिडन्त पक्का गरेका हो ।

निकै रोमाञ्चक भएको खेलमा अन्तिम बलमा एक रन लिदै हक्सले जित निकाल्न सफल भएको हो । २०१ रनको लक्ष्य पछ्याएको हक्सले ७ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।

हक्सका ओपनर साईमन अनवरले सर्वाधिक ५२ रन बनाए । जेपी डुमिनीले अविजित ५० रनको योगदान दिए । यस्तै क्रिश लिनले ३५ रन बनाउँदा सन्नी सोहेलले ४१ रनको पारी खेले। वुल्भ्सका बहाव रियाज, जहुर खान र शाहिद अफ्रिदिले समान १–१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको ब्रामटन वुल्भले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय रन बनाएको थियो । डारेन सामीले बनाएको ३३ रन टोलीको सर्वाधिक स्कोर रह्यो । बाबर हायात र सहिद अफ्रिदीले समान ३२ रनको योगदान दिए । हक्सका रायद ईम्रिटले सर्वाधिक ३ विकेट लिए ।

डेब्यु खेलमै खराब प्रदर्शन गरेका नेपाली फास्ट बलर सोमपालले अन्य खेलमा अवसर पाउन सकेका छैनन् । त्यसपछिका बाँकी खेलमा उनी प्लेईङ ११ बाहिर रहदै छन् । हक्सले अब उपाधिका लागि भ्यानकुभर नाईट्ससँग प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *