कलकत्ता उच्च अदालतले महिला डाक्टरको बलात्कार र हत्याको अनुसन्धान सीबीआईलाई सुम्पियो
काठमाडौं । कलकत्ता उच्च अदालतले आरजी कर मेडिकल कलेज र अस्पतालकी एक जूनियर डाक्टरको बलात्कार र हत्या प्रकरणमा सीबीआई अनुसन्धान गर्न आदेश दिएको छ।
अदालतले घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई बुधबार बिहान १० बजेसम्म सबै कागजात सीबीआईलाई बुझाउन आदेश दिएको छ ।
कलकत्ता हाईकोर्टका मुख्य न्यायाधीश टीएस शिवग्ननम र न्यायमूर्ति हिरण्यमोय भट्टाचार्यले यस्तो निर्णय गरेका हुन्।
पश्चिम बंगाल विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले यस विषयमा निवेदन दिएका थिए । वरिष्ठ अधिवक्ता विकास रञ्जन भट्टाचार्य र कौस्तुभ बागचीले मुद्दाको पक्षमा बहस गरेका थिए ।
गत शुक्रबार आरजी कर मेडिकल कलेजमा अध्ययनरत महिला चिकित्सकको शव सेमिनार हलमा भेटिएको थियो । खाना खाएर डाक्टर सेमिनार हलमा सुतेकी थिइन् ।
प्रहरीका अनुसार बलात्कार र हत्याको यो घटना राति ३ बजेदेखि बिहान ६ बजेको बीचमा भएको हो ।
Facebook Comment