मेस्सीबिना खेलेको खेलमा बार्सिलाेनाको शानदार जित, ग्रिजम्यानको डेब्यु गोल

डिसी नेपाल
२६ साउन २०७६ ७:३१

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलमा नापोलीलाई हराएको छ । अमेरिकाको मिसिगनमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ईटालियन क्लब नापोलीलाई ४–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनामा आबद्व भएपछि ग्रिजम्यानले क्लबका लागि पहिलो गोल गरे । यस्तै लुईस स्वारेजले दुई तथा उसमान डेम्बेलेले एक गोल थपे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो ।

स्वारेजले ४८ औ मिनेटमा गोल गर्दै बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए । ५६ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाबाट पहिलो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को स्थितीमा पुर्याए । ६३ औ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । चोटका कारण कप्तान लियोनल मेस्सी मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *