नाडा अटो शो भाद्र ११ गतेदेखि
काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भाद्र ११ गतेदेखि काठमाडौंमा नाडा अटो शो २०२४ आयोजना हुने भएको छ।
नाडाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शो आयोजना गरिएको जनाएको हो। प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरु १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।
त्यस्तै कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने र ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधान दिने नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुप कुमार बरालले जानकारी दिए। मेलालाई व्यवस्थीत र भव्य बनाउन ट्राफिक प्रहरीसँग समन्वय गरिएको उनले बताए।
नाडा अटो शोको ७५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ।
Facebook Comment