प्रचण्डपथ: अबको निर्माणले निम्त्याउने छ, विनाश

प्रतिस्पर्धाबाट पुस्तान्तरण गराउनु श्रेयस्कर

जितेन्द्र जिसी
३१ साउन २०८१ ११:१८

बन्दुकको नालबाट सत्ता र शक्ति हत्याउँदै नेपाललाई सिंगापुर वा स्विटजरल्याण्ड सरहको आर्थिक मुलुक बनाउन प्रचण्ड पथ खन्नथालेको अब तीन दशक हुन लागेकोछ।

मुलुकलाई उल्लेखित विकसित देश बनाउनका निमित्त एकतन्त्रीय दरवार र पञ्चायतले जन सुबिधाकालागी बनाएका करोडौं (अनगिन्ती) संरचनामा बम र बारुद पड्काउँदै बनेको प्रचण्डपथले नेपाल इथियोपिया भन्दापछि लगेर छोड्यो। तर सिंगापुर,स्वीटजरल्याण्ड सरहको विकासित नेपालसम्म प्रचण्डपथ विस्तार हुन सकेन।

बम,बारुद, हत्या हिंसाको प्रचण्डपथले दुर्गतीको प्रचण्ड पथमात्रै देखायो। जनताले मत दिएर सत्तामा पुर्‍याएर झण्डै ११ सय ५४ दिन देशको सत्ताको चावी, ढुकुटी सुम्पिँदा पनि प्रचण्ड पथले कुनै जिपिएस तय गरेर गन्तब्य देख्न सकेन ।

पञ्चायतलाई एकतन्त्रीय, एकल शासन, अनेक आरोपको औंला उठाई रहने प्रचण्डपथले आफ्ना पार्टीलाई ३५ वर्षसम्म एकल कब्जा गरिरहँदा कुनै वंशीय प्रणालिमा चलिरहेको रहेको साशन भन्दा फरक देखिएन, प्रचण्डपथ।

हुन त क. प्रचण्ड सबै कुरा अन्तर्राष्ट्रिय स्तरको खोज्छन्। उनी जस्तै आजीवन जस्तो पद ओगट्ने नेता अरु पनि छन् संसारमा- जस्तो फिडेल क्यास्ट्रो (क्युबा) लगभग ४९ वर्ष, रोबर्ट मुगाबे (जिम्बाब्वे) लगभग ३७ वर्ष, किम इल-सुङ (उत्तर कोरिया) लगभग ४६ वर्ष, ह्युगो चाभेज (भेनेजुएला) लगभग १४ वर्ष, जोसफ स्टालिन (सोभियत संघ) लगभग ३१ वर्ष,मा जेडोङ (चीन)लगभग २७ वर्ष, रिकार्डो लामास (मेक्सिको) लगभग ३६ वर्ष, क्याङ सेके (ताइवान) लगभग २६ वर्ष। आशा छ प्रचण्डपथको विस्तार अब रोकिएला र परिवारबाद सचिवालय सम्म मात्रै पुगोस्।

प्रचण्डपथ बरु राजनीतिक अस्थिरता,  ज्यानको बाजी राखेर लडेका लडाकुको रकम हिनामिना जस्तो घृणित भ्रष्टाचार, सामाजिक असमानता, राज्यका संस्थाहरू दुर्बल बनाउन अनि कहिले पूर्ण नहुने झुटा वाचाहरू गर्न नामुद भयो ।

सारा देश भ्रमित रहिरह्यो, विश्वास गरिरह्यो, देश सिंगापुर हुने अपेक्षा गरिरह्यो। तर प्रचण्डले पथ र साथ फेरिरहे,आफ्नै नाम जसरी। एक नामकालागि संसारका अधिकांश मानिसले जुनी बिताउँछन् तर छविलालबाट पुष्पकमल बनिसकेको एकनाम कल्याण, विश्वास, निर्माण र प्रचण्ड बन्योस्  तर अनुहार र फिंगर प्रिन्ट केवल एक थियो जुन दुर्गतीको ‘प्रचण्डपथ’ बनी रह्यो।

राजनीतिमा लाजै लाग्नेगरी बेइमानीको पिच बाटो मात्रै बन्यो प्रचण्डपथ। उथलपुथलमा महारथ प्राप्त प्रचण्डपथ शान्ति सम्झौता भएकै वर्ष सिध्याउनुपर्ने शान्ति प्रक्रिया १५-१७ वर्षसम्म किन लम्बियो?  के यो प्रचण्डपथको अयोग्यता हैन?  देशको सम्ग्रा कुरा छोडौं आफ्नै पार्टीलाई बदनाम गर्नेगरी लडाकूको रकम हिनामिना एवं भ्रष्टाचार पारदर्शी ढंगले छानबिन गर्दै किनरा लगाउन नसक्ने यो जिम्मेवारीमापनि प्रचण्ड पथ भत्कियो, २०१५ को भूकम्पमा भत्किएको सडक झैं!

बम,बारुद अनि एम्बूसकोबाटो छोडेर मतदान प्रकृयामा हिँडेपछि पहिलो संविधानसभा ०६४ को पहिलो दल दोस्रो संविधानसभामा आइपुग्दा तेस्रो स्थानमा खुम्चियो। त्यो हारको प्रचण्डपथ भत्किएको नैतिक जिम्मेवारी लिँदै प्रचण्डपथ विस्तार रोकिनपर्ने थिएन?

त्यसैले डियर कमरेड प्रचण्ड, अब तपाईंको ‘प्रचण्ड पथ’ विस्तार प्रकृया रोक्नोस्।

कमरेड प्रचण्ड,

सामाजिक असममानाताको उदाहरण देख्न पर जानै पर्दैन। प्रचण्डपथ निर्माण प्रकृयामा अन्ध बनेर हिँडेका सयौ सिमान्तिकृत नेपाली- कोहीले आँखा, कोहीले हात, कोहीले ज्यान, कोहीले खुट्टा गुमाए र बाँच्न उपचार खर्च जोहो गर्दा हातमा बैशाखी मात्रै राखेका ती लडाकु र लाखमाथि पर्ने ह्याण्ड ब्याग बोक्ने आफ्नै छोरी (कमाईको श्रोत ?) अनि तपाईंको घर्किदै गरेको उमेर र कद, देश र जनाताको बर्बाद पारेको समय न देखाउने महँगो घडीबाट ज्ञान लिनोस्।

“प्रचण्डपथ” के यही खाडल फराकिलो बनाउनका लागि खनेका थिए ती सोझासिधा युवा, जसले न अध्ययन गरे, न आफ्नो भविष्यकालागि कुनै सिप सिके? यही समाजिक खाडल फराकिलो बनाउन “प्रचण्डपथ” को नक्सांकन गरिएको हो?

गाउँमा गरीबी, भाेकमरीले अस्तब्यस्त र कष्टकर जीवन बाँचिरहेका आम नागरिकले पालेका गाई, भैसि, बाख्रा-पाठा देखी अन्नपात हुँदै शिक्षक,कर्मचारि,बैदेशिक रोजगारिमा गएका परिवारसँग जबरजस्ती चन्दा असुलेर खानेको प्रचण्ड पथ ले देशमा हुने खान र हुँदा खानेको खाडल नपुरिने गरी बढायो, के यस्को हिसाब छ महासय!

समाज परिवर्तन र नयाँ नेपाल निर्माणगर्ने यस्तो भ्रामक नारा दिएर नभए धम्काएर प्राप्त समर्थनबाट चुलिदै गएको बल गाँउ-गाँउबाट लखटिन बाँकी काङ्ग्रेसिहरुको मतले सत्तामा पुगेपछी साथको बदलामा लात हान्ने बैगुनीघोडा जस्तो यात्रा गराउन खनेको प्रचण्ड पथ को निर्माणकार्य, बिन्ती छ अब त रोक्नोस ।

सारा देश भ्रमित रहसरह्यो, विश्वास गरिरह्यो, देश सिंगापुर हुने अपेक्षा गरिरह्यो। तर प्रचण्डले पथ र साथ फेरिरहे,आफ्नै नाम जसरी। एक नामकालागि संसारका अधिकांश मानिसले जुनी बिताउँछन् तर छविलालबाट पुष्पकमल बनिसकेको एकनाम कल्याण, विश्वास, निर्माण र प्रचण्ड बन्योस  तर अनुहार र फिंगर प्रिन्ट केवल एक थियो जुन दुर्गतीको ‘प्रचण्डपथ’ बनी रह्यो।

त्यति मै सीमित रहेनन, आम मानिसको सफाय अभियान चलाएका उनी र उनको पार्टीका नेताहरूको अपारदर्शी आर्थिक उन्नती वा गतिविधि प्रचण्डपथ हुँदै कहिले हिँडेन वा प्रचण्डपथले चिनेन। भ्रष्टाचार, कमिशन, घुसमार्फत अकुत सम्पत्ति थुपारेको आरोप, आरोप मै सीमित छैन, जीवनशैली र परिवार एवं नातागोताको फुर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन तर प्रचण्ड पथले देखेन।

हिजो सफाया अभियान यस्तैमा चलाइयो,  ‘कमिशन,  भ्रष्टाचार, यौन अनैतिकता,  व्यक्तिवाद, कृपावाद (Cronyism)  पद र पैसाप्रतिको आशक्ति वा अपारदर्शिता’ प्रचण्डपथ जब झाँगिँदै गयो। अनि सोहीपथ का अन्वेषक,अपरेटरदेखि यात्रीसम्म सबै लिप्त भए। संसारले देख्यो तर प्रचण्डपथले देखेन र ती गतिविधि चिनेन। त्यसैले अब पथको जरुरत बारे सोचौं र रोकौं।

अहिलेको युगमा पुष्पकमलहरु नागरिकलाई रैती ठान्छन् र प्रधानमन्त्री पद उनले “नारायणकाजीलाई दिएको गाडी”  जस्तो सजिलो ठान्छन् “बक्सिस” दिन तयार हुन्छन्। यो देश हो, २१औ शताब्दीका नागरिक हुन्, रैती बनाउने प्रचण्डपथको विस्तार अब  रोकिनु पर्दछ, रोक्नु पर्दछ।

कहिलेकाँही, भत्किनु पहिले फाट्ने धाँजाबाट पनि अघि बढ्न रोकिन सिक्नुपर्छ भनिन्छ। यदि त्यसो ज्ञान हुँदो हो त माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डपथप्रति पहिले मोहन वैद्य अनि बाबुराम भट्टराइले असहमति जनाउँदै फरक प्रतिवेदन तयार गरे….विप्लब, बादल, टोपबहादुर,लेखराज भट्ट, लोकेन्द्र विष्ट, सीपी गजुरेल, घाँटी सुकुञ्जेल फलाकी रहे कि ‘प्रचण्डपथ’ अब हिडिँरहन लायक रहेन।  तर रोकिनु त कता-कता गति सीमित गरेर १-२ पटक पछि फर्केर सोच्न समेत चाहेन।

उनीहरु समेत सबैले बाटो बदले तर पनि प्रचण्डपथले पुन: नक्सांकनको जरुरी ठानेन। किनकि अरु सबै सकिएपनि आफन्तले  पार्टी र सरकार त चल्छ भन्ने नै छ।

पोर्चुगलमा पृथ्वीको भू-भाग सकिएर समुद्र सुरु हुने ठाउँ छ त्यसलाई “केबो दा रोका” (Cabo da Roca) भनेर चिनिन्छ। लिस्बन नजिकै सिन्त्रा नगरपालिका भित्रपर्ने सो ठाँउ युरोपको सबैभन्दा पश्चिमी बिन्दुपनि मानिन्छ। विशाल चट्टानको माथिबाट अटलान्टिक महासागरको सुन्दर दृश्य देख्न सकिन्छ।

केबो दा रोकामा एउटा चट्टानमा एक स्तम्भछ, जहाँ एउटा तख्ताले यसको भौगोलिक विशेषता वर्णन गरेको छ। तख्तामा लेखिएको छ, “यहाँ जमिन समाप्त हुन्छ र समुद्र सुरुहुन्छ” (Onde a terra se acaba e o mar começa)

महासय!
लेखनाथ न्यौपानेदेखि जनर्दन शर्माले लिखित रुपमै भनेको केबो दा रोका अर्थत प्रचण्डपथ अब विस्तार हुने ठाँउछैन, रोकिनुस्। अझै त्यसो भएन।

यो आ.ब. को बजेटमा वर्तमान प्रधानमन्त्री केपी ओलीको विरोधबारे तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिक्रिया थियो “विरोध गर्‍याजस्तो मात्रै हो, साँच्चै होइन”। साँच्चै हो कि होइन तत्काल देखियो।

पार्टी बैठकमा प्रभाकरले राजकीय पद बाहेक पार्टीमा सल्लाहकार रहनु भन्ने लिखित प्रस्ताव गएपछि करिब डेढ महिनामा फेरि अर्को महानवाणी आयो  “केई हुँदैन सबै मिलेर जान्छ, टेन्सन तपाईंहरुलाई हो, हामीलाई केही छैन”।

मानौं टेन्सन त पत्रकारको पो रहेछ जसले जिज्ञासा राखे। यस्तै लबस्तरो, गोलामाटोल अनि आलटाले जवाफ दिएर सर्बेसर्वा सोच्दै अघिबढ्नु अघि, बम, बरुद र गनका बीच २०६१ मङ्सिरमा दैलेखको दुल्लुमा आमजनताले अभियानकै रूपमा गरेको माओवादीको प्रतिकार, अनि नौमुलेमा गाउँलेले तत्कालीन माओवादी नेता खड्गबहादुर विकसहित २०० बढी माओवादी नेता-कार्यकर्तालाई समातेर प्रशासनमा बुझाइदिएको दिन भुल्न ब्याक फायर हुन सक्छ।अत: प्रचण्डपथ निर्माण तत्काल रोक्नु नै श्रेयस्करा होला।

उनै पुष्पकमल दाहालले बढुवा गरेर भ्रष्टाचार मुद्दा खेपिरहेका तत्कालिन मूख्य सचिब बैकुण्ठ अर्यलले विषेश अदालत पेरिसरमा सञ्चारकर्मिहरुलाई भनेका थिए’तपाईहरुले सोचे झै भएन’। यी वाणीहरु फगत संयोग होउन्।

साउन २९ गते एउटा अनलाइन पत्रिकामा पढ्न पाइयो “माधवलाई प्रचण्डको प्रस्ताव :पार्टी एकता गरौँ, प्रधानमन्त्री बनाउने जिम्मा मेरो”।

स्तम्भकार यो शीर्षक पढ्दै रैती महसुस गरिरह्यो। किनकि २००९ मा चुनाव जितेकी शेख हसिनाको शासनकालमा बंगलादेशले आर्थिक प्रगति गर्‍याे। विश्वकै गरिब देशबाट हाल दक्षिण एसियाली क्षेत्रमा तीव्र रूपमा अर्थतन्त्र बढाएको बंगलादेश बदल्नु उनैको देन हो तर जनाताले मनपरी रुचाएनन्।

हेक्का रहोस्,  जब भुईंमान्छेहरूले अन्याय, अत्याचार र आर्थिक संकटको सामना गर्छन्, तब कुनै तन्त्र, वाद, दल, हतियार या बहुमतले विद्रोह रोक्न सक्दैन। अन्याय, अत्याचार र आर्थिक संकट विद्रोहको सबैभन्दा ठूलो हतियारहो।

अहिलेको युगमा पुष्पकमलहरु नागरिकलाई रैती ठान्छन् र प्रधानमन्त्री पद उनले “नारायणकाजीलाई दिएको गाडी”  जस्तो सजिलो ठान्छन् “बक्सिस” दिन तयार हुन्छन्
यो देश हो, २१औ शताब्दीका नागरिक हुन्, रैती बनाउने प्रचण्डपथको विस्तार अब रो रोकिनु पर्दछ, रोक्नु पर्दछ।

प्रचण्ड पथ मा लामबद्ध भएर नाम,काम, दामको उन्नयन गरेकाहरुलाई यो आलेख अकबारे खुर्सानी झैं लाग्ने नै छ। तर उनका उत्तेजक, अल्लारे, भ्रामक अनि अनेक अभिब्यक्ति हेर्दा लाग्छ नेपालमा राजनीतिक स्थायित्व खलबलाउने प्रमुख पात्र उथलपुथल शिरोमणि पुष्पकमल दाहाल नै एक पात्र हुन्।

उनी कही कसैसँग अडिन, टिक्न, अडाउन सक्दैनन्।प्रचण्डपथका सहयोगी होउन् वा अन्य दलसँगका सहकार्य हेरौं, उनी अस्थिरताको मुल हुन्।त्यसैले प्रचण्डपथ  (देश बारे त अहिल्यै अनुमान गर्नु गलत वा हतारोको लेख होला)  ब्यबस्था माथि प्रश्न, विकल्पको खोजी वा असफलताको जननी प्रचण्ड र प्रचण्डपथ हो।

किन यसो भनिँदैछ भने मंगलबार, २२ साउन २०८१ माओवादीको कोशी प्रदेश समितिको सातौँ बैठकमा मन्तव्य दिँदै उनले भने ‘यो सरकार धेरै जानेवाला छैन,उनीहरू फतक्क झर्नेवाला छन्’।

यो उनको सुसुप्त मनोकांक्षा हो। दु:ख पूर्वक भन्नुपर्दछ कि १५ वर्षमा फेरिका १४ सरकार, संघ फेरिँदा फेरिने प्रदेश सरकार अनि मन्त्री र पूर्वमन्त्रीको लस्कर तर विकास निर्माण, रोजगारी, सुशासन शून्य हुँदै गए यो देश र यो कलीलो लोकतन्त्रले सेख हसिनाको रुवाउने बाटो हिँड्न नपर्ला भन्नसकिन्न। र,यो ग्राउण्ड रियालिटी हो।

अत: यो ब्यबस्था निखारिन कै लागि भएपनि दुईतिहाईको यो सरकारले जनअपेक्षा अनुसारको ‘डेलिभरी’ न दिएर बस्ने वा समय घर्काउने छुट छँदै छैन। त्यसैले नेपाली जनाताको युग अनुकुलको सपना पूरा गर्ने गन्तब्य नदेख्ने नपुग्ने प्रचण्डपथ भत्किनुपर्छ, विस्तार रोकिनपर्दछ।

अन्त्यमा अनुकुल परेमा म बिख्यात लेखक रबर्ट ग्रीनको पुस्तक ‘द लज अफ हुमन नेचर’ उपहार दिन चाहन्छु। प्रचण्ड पथ अब विकास हुनुभनेको कमसेकम यो ब्यबस्थाको बिनासको कारण हुनेछ। एक लोकतन्त्रवादी नेपालीको बुझाइमा यति विश्वास छ उनी १७ हजार प्राणको जस्तै अर्को कलंक लिने छैनन्।

अब उनि फुर्सदिला होउन्। फुर्सदमा उनि सो पुस्तक अध्ययन गरुन्। उक्त पुस्तकले “रणनीतिक धैर्य”को महत्त्व सिकाउँछ।अनि आफ्नै “छायाँ” बुझ्न महत्त्वपूर्णछ भन्छ सो किताब। मानिसहरूलाई “पढ्न” सिक्नुहोस्, अनि “अमोर फाटी” को शक्तिलाई आत्मसात गर्नुहोस् भन्छ।

“अमोर फाटी” ल्याटिन भाषाको वाक्यांश हो जसको अर्थ” आफ्नो भाग्यको माया”।  यो एउटा दार्शनिक अवधारणाहो जसले मानिसलाई जीवनमा आउने सबै कुराहरू कठिन होउन् या पीडादायी, स्वीकार गर्न र मायागर्न प्रोत्साहित गर्छ।

भनेको आफ्नो भाग्यलाई माया गर्नु हो। लेखक ग्रीनले जीवनका चुनौतीहरू स्वीकारगर्न र कठिन अनुभवहरूपनि आत्मसात गर्न प्रोत्साहित गर्छन्, तिनीहरूलाई विकास र सिकाइको अवसरको रूपमा प्रयोग गर्छन्। प्रचण्ड पथ एउटा पिडादायी गन्तब्य भयो भनेर स्विकार्नु देश र जनाताको भलाईको लागी सगुन हुनेछ।

सनातन परम्परामा चलेको संसारको सबैभन्दा पुरनो सु-संसकृत सनातन प्रणाली र नैतिक समाजमा बुल्डोजर, क्रेन, बम, एम्बूस सबै प्रयोग गरेर लथालिंग पारेको प्रचण्डपथ यो समाज पहिले जस्तै ब्यबस्थित र भातृत्वले भरिएको बन्न फेरि कति सय वर्ष लाग्ला,  कस्तो सांस्कृतिक आन्दोलन गर्नुपर्ला त्यो भविष्यलाई छोडिदिँउ।

प्रचण्ड बाबुरामहरुको उन्मादले रोपेको द्वन्द्वको बिउको बिसर्जनको करीब अन्तिम किस्ता स्वरुप बुधवार संसदमा प्रस्तुत संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित हुनु पहिला माओवादी बिद्राेहका नायक प्रचण्डले प्रस्ताव राख्दै भने-‘परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीसाथ अघिबढौं’।

अति ढिला भएपनि सद्बुद्धि आएछ उनीमा, कार्यान्वयनमा ब्यबधान नगरी अघि बढेमा। त्यसैले ‘वाद’ मा बिवाद होलान् तर नेपाल सम्मृद्ध नेपाल, सुशी नेपाली” निर्बिबाद गन्तब्य हो।यो दशक ‘सम्बृद्धिको दशक’ घोषणा गरेर मुलुकको उन्नयनमा लाग्नु उचित हुनेछ।

एक पटक अटलबिहारी बाजपेयीको यो भनाइमा दगुरोस् प्रचण्डपथ। उनले भनेका थिए “सरकारें आएंगी, जाएंगी, पार्टीयां बनेंगी, बिगड़ेंगी मगर ‘ये देश रहना चाहिए’!
देश बचाउने र बनाउने कार्यमा प्रचण्ड पथको शक्तीपरेको देख्न लेख्न सबै चाहन्छन्।

जब प्रचण्डपथको डिजाइन शुरु भयो तब हाम्रो दार्शनिक संस्कारी समाज र शास्त्रमाथी प्रहार भयो । कोमामा पुर्‍याइयो।तर त्यही शास्त्र भन्छ :

संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।
देवा भागं यथा पूर्वे संजानाना उपासते॥

साथमा अगाडि बढ, सँगै बोल, तिमीहरूको मन एकै बनाऊ।

जसरी प्राचीन देवताहरूले आफ्नो हिस्सेदारी बाँडे, त्यसरी नै तिमीहरू पनि परस्पर बाँड।

सदनमा बुधबार बोले झैं समझदारीसाथ अघि बढ, प्रचण्डपथ अब चाहिँ सदाका लागि रोक।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *