राजनीतिक अस्थिरताका कारण ठूला दल मिलेर सरकार बनाउनु पर्याे : उपप्रधानमन्त्री सिंह (भिडियाे)
काठमाडौं। उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थिरताका कारण समस्या देखिएकाले ठूला दल मिलेर सरकार बनाउनुपरेको बताएका छन्।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा केसीसी एक्जिबिट उद्घाटन गर्दै सिंहले मुलुकलाई स्थिरता दिदैं देशमा देखिएको समस्या समाधान गर्न नयाँ सरकार बनाउने परिस्थीति आएको बताएका हुन्।
उनले जनतामा देखिएका बिभिन्न समस्याहरुको समाधान गर्दै देशको बिकास गर्न सरकारको ध्यान केन्द्रित हुने धारणा राखे। अहिले देखिएका असन्तुष्टिहरुलाई लोकतान्त्रिक पद्धति अनुसार शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने उनले बताए।
सिंहले नेपालमा केही भएन भन्दै विदेशीने क्रम बढिरहेको अवस्थामा सकारात्मक सोचका साथ अघि बढ्न सक्नुपर्नेमा जोड दिए। सूचनाप्रविधि क्षेत्रमा भएका बिकासलाई उपयोग गर्दै युवाहरुले देशभित्रनै त्यसको फाइदा लिन सक्ने उनको भनाइ छ।
दुईदिनसम्म चल्ने केसीसी एक्जिबिटमा सूचना प्रविधि, इन्जिनियरिङ क्षेत्र लगाएतका व्यवहारिक ज्ञानका नमूनाहरुको प्रदर्शनी स्टल राखिएको छ।
Facebook Comment