युक्रेनले रुसमा सैन्य कार्यालय बनायो

डिसी नेपाल
३२ साउन २०८१ १५:१७

काठमाडौं। युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ । युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले भनेअनुसार उनीहरूले यस बेसबाट रुसमाथि आक्रमण गर्न जारी राखेका छन्।

ओलेक्जेन्डर सिर्स्कीका अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको यो कार्यालयले शान्ति सुरक्षा कायम गर्न र जनताको तत्काल आवश्यकता पूरा गर्नेछ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन् । यो बैठक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अध्यक्षतामा भएको थियो।

रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।

युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्नो कब्जा जमाएको दाबी गरेको छ । जनरल सिर्स्कीका अनुसार युक्रेनी सैनिकहरू कुर्क्स क्षेत्रमा ३५ किलोमिटर प्रवेश गरेका छन् । तिनीहरूले ८२ बस्ती सहित १,१५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेका छन्।

यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो । तर युक्रेनले रुसको भूभाग कब्जा गर्न इच्छुक नभएको बताएको छ ।

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता हेओरही टिखीले बुधबार भनेका थिए – यो घुसपैठ शान्ति पुनर्स्थापना गर्न रसियालाई दबाब दिने प्रयासको एक हिस्सा हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *