बंगलादेशमा शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो घटनामा अपहरण मुद्दा दर्ता

डिसी नेपाल
३२ साउन २०८१ १६:५७

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अपहरणको मुद्दा दर्ता भएको छ । उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन् । अदालतले हसिनाविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ ।

बंगाली अखबार ढाका पोस्टका अनुसार यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, पूर्व कानूनमन्त्री अनिसुल हक, पूर्व आईजीपी शाहिदुल हक, पूर्व आरएबी डीजी बेनजीर अहमद र र्यापिड एक्सन बटालियन (आरएबी) का २५ अज्ञात सदस्यहरूलाई आरोपी बनाइएको छ।

उजुरीकर्ता राणाले २०१५ जून ६ का दिन राति साथीसँग घुम्न गएको बताए । त्यस क्रममा राबका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए । उनलाई कुटपिट गरी बिजुलीको झटका दिइयो । उनलाई राजनीति छोड्न धम्की दिइयो । उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए । यसअघि मंगलबार हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता भएको थियो ।

हसिनाले देश छोडेको आठौं दिनमा मंगलबार हत्याको मुद्दा दर्ता भएको थियो । हसिनाको सरकारमा गृहमन्त्री रहेका असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादेर र पूर्व आईजी अब्दुल्ला अल मामुनसहित अन्य दुईलाई पनि आरोपी बनाइएको छ ।

यो मामिला मोहम्मदपुरमा आरक्षण विरोधी आन्दोलनका क्रममा १९ जुलाईमा प्रहरीको गोलीबाट एक पसले अबु सैयदको ​​मृत्युसँग सम्बन्धित छ। ढाकाका मुख्य महानगरीय मजिस्ट्रेटले पनि हत्याको अनुसन्धान गर्न आदेश दिएका छन् । राति पूर्वगृहमन्त्री असदुज्जमान, उनकी श्रीमती र दुई छोराको बैंक खाता रोक्का गरिएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन् । उनका छोरा जोयले सामाजिक सञ्जालमा शेख हसिनालाई उद्धृत गर्दै पोस्ट गरेका हुन् । हसिनाले भनिन्, ‘बंगबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ।’

‘उनीहरू (प्रदर्शनकारीहरू) ले मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।’ शेख हसिना बंगलादेश छोडेर अगस्ट ५ मा भारत गएकी थिइन्, त्यसपछि उनी त्यहीँ छिन् । शेख हसिनाको यो बयान उनका छोरा सजीब वाजिद जोयमार्फत आएको हो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *