कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्म विपरीतः भीम रावल
काठमाडौं। नेकपा (एमाले) का नेताएवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्म विपरीत बनेको टिप्पणी गरेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्म विपरीत रहेको बताएकाहुन् ।
‘नेपालको संविधानको धारा २६९ मा राजनीतिकदलहरुले निश्चितदर्शन, कार्यक्रम र नीतिको आधारमाआफूलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ र यो प्रतिस्पर्धात्मकबहुदलीयव्यवस्थाहो । यो बहुदलीयप्रतिस्पर्धात्मकव्यवस्थामाविपरीत सिद्धान्त भएकादुई ठूला राजनीतिकदलहरु एक ठाउँमा आइसकेपछि उनीहरुले के गर्छन् ?भन्ने कुरा साह्रै महत्वपूर्ण हुन्छ । यो सामान्य राजनीतिकप्रक्रियामा राजनीतिकदलहरुले जनताको बीचमागएर आफन कार्यक्रम, नीति र सिद्धान्त अगाडि सार्ने र जनताको मतमाग्ने । जसले बहुमत ल्याउँछ उसले सरकार बनाउँछ । कसैले बहुमतल्याएनभने त्यस्तो अवस्थामाविचार मिल्ने दलहरु मिलेर सरकार गठन गर्छन् । यो सामान्य नेपालको संविधानमा परिकल्पनागरिएको कुरा हो,’– उनले भने ।
विपरीत सिद्धान्त भएकादुई ठूला दलहरुले सरकार बनाएकाले यीदलले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमाकाम गर्छन किगर्दैनन् भन्ने कुरा परीक्षाको रुपमा रहेको उनको भनाइ छ । त्यस्तै, संविधानको मर्मविपरीत समानुपातिक प्रणालीको अभ्यास भइरहेको उनले बताए । अहिले समानुपातिकको नाममाश्रीमती, आफन्त र पैसा दिने मान्छेहरुलाई दलहरुले सांसद बनाइरहेको उनको भनाइ छ । समानुपातिक प्रणालीको यसैगरी गलतअभ्यास गरिरहने हो भने खारेज गरिनु उपयुक्तहुने नेता रावलको सुझाव छ । संविधानमापीछडिएको जाति, वर्ग, जाति, समुदायजो प्रतिस्पर्धामा अगाडि आउन सक्दैनन् भनेर त्यो समुदायलाई ल्याउनकालागि समानुपातिकव्यवस्थाराखिएको उनले बताए ।
‘भूतपूर्व प्रधानमन्त्री र पार्टी सभापतिकाश्रीमती, विदेशमा बस्दा–बस्दा उतै विदेशीसँगविवाह गरेका, नेपालमाआयो, पैसा खर्च गर्यो, समानुपातिकमा सांसद बन्यो, मन्त्रीभयो । अनि ठूला–ठूला कुरा गर्यो । हामीले यस्तो कल्पना गरेर समानुपातिकल्याएकाहोइनौं । समानुपातिकको यस्तै विकृति हुन्छ भने तत्कालखारेज गर्नुपर्छ । आफ्नाबहिनी, ज्वाइँ, श्रीमती, धेरै–धेरै रकमदिनेहरु हुने कल्पना गरेर समानुपातिकल्याइएको होईन,’– उनले भने ।
साथै, प्रधानमन्त्री केपीशर्मा ओलीले केही दिनअघि गणतन्त्र र संविधानको समावेशी, समानुपातिक प्रणालीमा केहीपनिनगरी संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्तिदिएको स्मरण गराउँदै उनले एमाले–कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रष्ट भएको बताए ।
एमाले–कांग्रेस गठबन्धन सरकारले पनि राजनीतिक स्थायित्वदिननसक्ने उनको ठोकुवा छ । ओली दुई वर्षकालागिमात्रै प्रधानमन्त्रीबनेको र प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीम्म भागबण्डामा रहेको र निश्चित समयपछि परिवर्तन हुने बताउँदै उनले त्यसलाई राजनीतिक स्थायित्वभन्ननसकिने बताए । कांग्रेस–एमालेले भनेको राजनीतिक स्थायित्वव्यवहारमा प्रमाणित नहुने उनको दाबी छ ।
‘हामी राजनीतिक स्थायित्वको लागि एक भयौं भन्नुभएको छ । राजनीतिक स्थायित्वभनेको कुन अर्थमा? उहाँहरुले सहमति गर्दा यो सरकार छिटो–छिटो परिवर्तन हुनथाल्यो, प्रधानमन्त्री छिटो–छिटो परिवर्तन हुनथाल्यो, मन्त्रीहरु फेरिनथाले, प्रदेशमापनिमन्त्री र मुख्यमन्त्रीहरु फेरिन थाले । अबहामी यो हुनदिँदैनौं भनेको देखिन्छ ?तपाईँहरुलाई थाहा छ नि’, उनले भने।
अहिलेका वर्तमान प्रधानमन्त्रीजी कति समयको लागिहो ? प्रश्न गर्दै उनले थपे, ‘साढे ३ वर्ष बाँकी छ हैन यो संसद्को कार्यकाल । उहाँ साढे ३ वर्षको लागिहो त ? मैले उहाँहरुको सहमतिमा लेखिएको कुराबाट के बुझेँ भने दुई वर्ष केपीओलीजी र त्यसपछि बाँकीअवधि नेपालीकांग्रेसका शेरबहादुर देउवालाई बनाउनुहोला । अनि कसरी भयो स्थायित्व?’
त्यस्तै, कांग्रेस–एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको उनको दाबी छ । पहिलाएमाले–कांग्रेस एकअर्काको विरोधी रहेको स्मरण गराउँदै अबविरोध गर्ने ठाउँ सकिएको बताए । नेपालको सर्वोच्चअदालतले भारतबाट निकाशीहुने तरकारी, फलफूल, माछा मासुमाविषादी परीक्षण गरेरमात्रै जनतालाई खुवाउ भनेर आदेश गरेको धेरै समय भएको बताउँदै सरकार अबत्यो निर्देशनअनुसार चल्न सक्नुपर्ने बताए ।
त्यस्तै, ठूला–ठूला भ्रष्टाचार र चुहावट रोक्न सरकारले कदमचाल्नुपर्ने उनको सुझाव छ । सहकारी ठगी, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करीलगायतका ठूला–ठूला भ्रष्टाचारमा ठूला नेताहरुकै संलग्नता रहेको बताउँदै उनले यी कुरामा दृढतापूर्वक अगाडि बढ्न सकेमामात्रै सरकारलाई धन्यवाददिन सकिने बताए ।
‘सहकारी ठगी, जसमापूर्व गृहमन्त्री र ठूला–ठूला नेताहरु मुछिएका छन् । त्यसको जरोसम्मगएर लाखौं पीडित जनताको हितमा सरकार अगाडि बढ्छ कि बढ्दैन ? पैसा खाएर नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाउने, विदेश पठाउने, यस्तो देशद्रोहपूर्ण अपराधमा संलग्नको जरोसम्मपुगेर सरकारले छानविन गर्छ किगर्दैन ? सुन तस्करीमा ठूला–ठूला काण्डहरु भएका छन्, त्यसमा ठूला–ठूला व्यक्तिहरुको संलग्नता छ । सरकारले छानविन गर्छ किगर्दैन ?’ प्रश्नगर्दै उनले भने, ‘कयौं ठाउँमा सरकार जग्गाअपचलनभएको, त्यसमा ठूला–ठूला व्यक्तिहरुले सहयोग गरेको भन्ने कुरा आएको छ । त्यसमा सरकार दृढतापूर्वक अगाडि बढ्छ कि बढ्दैन ? यस्ता अनेक भ्रष्टाचारको काण्डहरु छन् ।जनताले दृढतापूर्वक हेरिरहेका छन् ।’
त्यसैगरी, ठूला–ठूला व्यापारीहरुले विजुलीको बक्यौतातिर्न नपर्ने कुनै कारण छ भने सरकारले जनतालाई तथ्यसहितजानकारी गराउनुपर्ने उनको भनाइ छ । होईन भने कसैलाई पनिविद्युतबक्यौता छुट दिननहुने उनले बताए । नेता रावलले गाउँघरमा ३० रुपैयाँन्यूनमतशुल्कतिर्न नसक्नेहरुलाई जरिवानागरिएको र लाइन काटिएको स्मरण गराउँदै पदमा बसेका मान्छेलाई व्यापारीहरुले विजुलीको विलनतिरे पनि हुन्छ भन्ने छुट नरहेको बताए ।
‘विद्युतको कुरा आएको छ । ठूला–ठूला व्यापारीहरुले विद्युतप्रयोग गरेका छन् । यदितीव्यापारीले विद्युतप्रयोग गरेकाहोइनभने सरकारले नेपालीजनतालाई तथ्यल्याएर जानकारी गराओस् न त । २४/२५ अर्ब रुपैयाँयिनले तिर्न नपर्ने हो भने भनोस्, यदितथ्यत्यही रहेछ भने हामीनबोलौंला ।’ उनले भने, ‘तपाईँ हामीजस्तो साधारण मान्छेहरुले, सुदूरपश्चिमको कुरा गर्नुहुन्छ भने मेरो गाउँमा विजुली बालेवापत न्यूनतम ३० रुपैयाँ तिर्नुपर्छ । त्यही ३० रुपैयाँतिरेन भने जरिवाना हुन्छ, बन्द गर्दिन्छ । अनि ठूला–ठूला व्यापारी हुँभन्ने २४/२५ अर्ब रुपैयाँतिर्न नपर्ने हुन्छ यस्तो ?नतिरेपनि हुन्छ भनेर पदमा बसेका मान्छेहरुले भन्न मिल्छ ?’
साथै, भ्रष्टाचारको मुद्दामा कुनै हदम्याद राख्न नहुने उनले बताए । नेपाली जनताले हदम्याद राख्ने विषयको सशक्त विरोध गर्नुपर्ने बताए । ‘अहिले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र अन्यवामपन्थीदलहरुबीचएकताको हुने कुरा चलिरहेको छ । तपाईँ पनि उतै जान लाग्नु भएको हो ?’ भन्ने प्रश्नमा उनले देशको पक्षमा, भ्रष्टाचारको विरोधमा र विधि, पद्धति, सिद्धान्तको पक्षमा बोल्दा साह्रै गरेको खण्डमा सोच्न सकिने बताए।
‘म अहिले एमालेको सदस्य हुँ । नेपालको स्वाधीनता र स्वतन्त्रताको लागि मैले आजभन्दाकरिब ५ दशक अगाडि यो पार्टीमा पाइला टेकेँ । त्यसमा म अटल छु । मैले पहिला पनि भनेको छु–देशको पक्षमा बोल्दा, भ्रष्टाचारको विरोध गर्दा विधि, पद्धती, सिद्धान्त, संविधानको हितमा बोल्दा साह्रै गरे पछि कुनै पनि कुरा सोच्न सकिने अधिकार छ,’– उनले भने ।
Facebook Comment