जोटा र सलाहको गोलमा लिभरपुल विजयी

डिसी नेपाल
१ भदौ २०८१ २०:४१

काठमाडौं। लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको छ ।

शनिबार भएको खेलमा आइपीस्वीच टाउनलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले नयाँ सिजनमा विजयी शुरुवात गरेको हो।

लिभरपुलको जितमा डिओगो जोटा र मोहमद सलाहले एक एक गोल गरेका थिए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हारको ६०औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए भने ६५औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

यो जितपछि लिभरपुलले महत्वपूर्ण ३ अंक हासिल गर्दै सिजनको शुरुवात गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *