करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित

डिसी नेपाल
१ भदौ २०८१ २२:३८

काठमाडौं। करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्। हाम्रो खेलकुद अनलाइनको नवौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज ललितपुरमा आयोजित कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले खेलाडीलाई सम्मान गरे। उनीहरूले जनही रु २५ हजार नगदसहित सम्मान गरिएको थियो।

स्यान्टुको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले सम्मान ग्रहण गरेका थिए। एरिकाले गत वर्ष चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड)मा रजत पदक जितेकी थिइन्। स्यान्टु पेरिस ओलम्पिकका लागि छनोट हुन सफल भएका थिए।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगीना वैद्य र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्टपछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *