प्रिमियर लिगमा आर्सनलको विजयी शुरुवात

काठमाडौं। आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ।
शनिबार राति सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।
आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक एक गोल गरेका थिए। खेलको २५औं मिनेटसमा हावर्ट्जको गोलमा आर्सनलले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ७४औं मिनेटमा साकाले अग्रता दोब्बर बनाएका थिए।
यो जितपछि आर्सनलले महत्वपूर्ण ३ अंक बटुलेको छ र नयाँ सिजनको शानदार शुरुवात गरेको छ।
प्रतिक्रिया
Facebook Comment