साफ यु-२० च्याम्पियनसीपमा नेपालको विजयी सुरुवात

काठमाडौं। नेपालले साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ ।
अब नेपालले समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया
Facebook Comment