इटालीको तटीय क्षेत्रमा धनाढ्यहरू चढ्ने विलासी डुङ्गा डुब्यो, एकको मृत्यु ६ जना बेपत्ता

डिसी नेपाल
४ भदौ २०८१ १३:४६

काठमाडौं । खराब मौसमका कारण इटालीको तटीय सहर सिसिलीको तटमा एउटा विलासी डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् ।

डुङ्गामा २२ जना सवार थिए । जसमध्ये १५ जनाको उद्धार गरिएको छ । जसमा एक वर्षको बच्चा पनि छन् । गोताखोरहरुले बेपत्ताहरुको खोजी गरिरहेका छन् । हेलिकप्टरबाट पनि खोजी कार्य भइरहेको छ ।

डुङ्गामा सवार व्यक्तिलाई उद्धार गर्ने जहाजका क्याप्टेनले लाइफ र्याफ्टमा १५ जना मानिस फेला पारेको बताए । उनले त्यहाँबाट तटरक्षकलाई सचेत गराए ।

लक्जरी डुङ्गाको नाम बायेसियन हो। ५६ मिटर लामो यो डुंगामा बेलायती झण्डा थियो र डुब्दा यो बन्दरगाहबाट ७०० मिटर टाढा थियो ।

प्रारम्भिक रिपोर्टमा अधिकारीहरूले दुर्घटनापछि बेपत्ता भएकामध्ये चारजना बेलायतका, दुईजना अमेरिका र एक जना क्यानडाका नागरिक रहेको जनाएका थिए भने मृत्यु हुनेको नागरिकता खुल्न सकेको छैन ।

डुङ्गाको भग्नावशेषको पहिचान भइसकेको छ । यो समुन्द्रको ५० मिटर गहिराईमा भेटिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *