रसियाले कुर्स्कमा आक्रमणको जवाफ दियो, युक्रेनको शहर खाली गर्न आदेश

डिसी नेपाल
४ भदौ २०८१ १४:४४

काठमाडौं । रुसको कुर्स्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणको जवाफमा रुसी सेनाले पनि जवाफी कारबाही गरेको छ । रुसी सेनाले अब युक्रेनको डोनेस्कको उत्तर-पश्चिम क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

यसको जवाफमा युक्रेनले आफ्नो सहर पोक्रोभस्कका नागरिकहरूलाई सहर छाड्न भनेको छ। जसरी रुसी सेना अगाडि बढिरहेको छ, त्यसको परिवर्तनहरू यहाँ देखिन थालेका छन् ।

युक्रेनी रक्षात्मक गढ पोक्रोभस्क पूर्वी मोर्चामा युक्रेनी सेना र शहरहरूका लागि मुख्य आपूर्ति सडकको चोकमा अवस्थित छ।

डोनेट्स्कका गभर्नर वादिम फायलास्किनले बालबालिका र उनीहरूका अभिभावकलाई १४ स्थानबाट बाहिर निस्कन आग्रह गरेका छन् ।

हाल यहाँ चार हजार बालबालिकासहित ५३ हजार मानिस बसोबास गरिरहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *