उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको छः उपप्रधानमन्त्री सिंह
काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन्।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारसंगको छलफलका क्रममा स्थानीय तहसँग आवश्यक समन्वय गर्दै उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका हुन्।
उनले करिडोर नजिकको बस्तीमा डुवानको समस्या समाधानका लागि पनि सम्बन्धीत निकायसंग छलफल भइरहको जानकारी दिए। सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उनले बताए।
सिंहले मन्त्रालयले गरेका कुराहरुलाई तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । आफुले मन्त्रालय सम्हालेपछि सवै निकायसंगको छलफलका आधारका कामहरुलाइ अघि बढाइएको उनले बताए।
त्यस्तै उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोवस्ती मिलाउन लागिएको पनि जानकारी दिए। उपप्रधानमन्त्री सिंहले उहाँले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाई भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने बताए।
Facebook Comment