कलाकार विपिन कार्कीलाई मातृशोक

डिसी नेपाल
६ भदौ २०८१ ९:३१

काठमाडौँ । कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । बिपिनकी आमा सरस्वती कार्कीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको जनाइएको छ। उनकाे फोक्सोमा पानी जमेकाे र मस्तिष्कमा समस्या देखिएको थियो ।

पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो । बिपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *