सुनको मूल्य घट्यो
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
विहीबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment