भारत वेष्ट इण्डिजको दोस्रो एकदिवसीय आज, विराट–गेललाई ठूला रेकर्ड बनाउने अवसर

डिसी नेपाल
२६ साउन २०७६ १२:३४

काठमाडौं। भारत र वेष्ट इण्डिजबीचको सिरिजको दोस्रो एकदिवसीय आज हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुँदैछ । तीन एकदिवसीयको पहिलो खेल वर्षाले अवरुद्ध भएको थियो । आजको खेलमा कैयौं रेकर्ड बन्न सक्छन् । यो खेल विराट कोहली र क्रिस गेलका लागि ठूला रेकर्ड बनाउने अवसरको रुपमा देखिएको छ ।

क्रिस गेलको यो सम्भवतः अन्तिम प्रतियोगिता हुनेछ । त्यसैले धेरैको नजर क्रिस गेलमाथि हुनेछ । गेल अहिले वेष्ट इण्डिजका लागि सर्वाधिक एिकदिवसीय क्रिकेट खेल्ने ब्रायन लाराँग बराबरीमा छन् । दुवैले २९९ एकदिवसीय खेलेका छन् । आजको खेलसँगै गेल वेष्ट इण्डिजका लागि सर्वाधिक एकदिवसीय खेल्ने ब्याट्सम्यान बन्नेछन् ।

वेष्ट इण्डिजका लागि सबैभन्दा धेरै रन बनाएका ब्रायन लारा (१०४०५) लाई जित्न गेल (१०३९७) मात्रै ९ रनको दूरीमा छन् । आज ९ रन बनाए क्रिस गेलको नाममा अर्को रेकर्ड हुनेछ । अर्कोतर्फ विराट कोहलीले आज १९ रन बनाएमा वेष्ट इण्डिजविरुद्ध सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्नेछन् । अहिले यो रेकर्ड पाकिस्तानी दिग्गज जावेद मियाँदादको नाममा छ । मियाँदादले वेष्ट इण्डिजविरुद्ध १९३० रन बनाएका छन् भने विराट कोहलीले १९१२ रन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *