प्रसिद्ध महाकाली नाच भक्तपुरमा प्रदर्शन, हेर्नुहोस् भिडियो!
काठमाडौं। भक्तपुरमा हुने धेरै नाचमध्ये प्रसिद्ध महाकाली नाच प्रदर्शन गरिएको छ । भक्तपुरस्थीत मध्यपुर थिमीको दिगु टोलमा बुधबारराती महाकाली नाच देखाइएको हो ।
पहिले जनताले दुःख पाएको बेलामा भगवान स्वयम् प्रकट भएर जनतालाई सहयोग गर्न उत्पन्न भएको नाचको रुपमासमेत महाकाली नाचलाई लिने गरिन्छ । यो नाँच पनि जनैपूर्णिमाको भोलिपल्टदेखि सुरु गरिएको थियो ।
उक्त ऐतिहासिक नाँच दिगुटोल, चपाचो, वाननीलगायतका स्थानमा देखाइएको थियो जसमा महाकाली, महालक्ष्मी, देवी, सिंहर दैत्य, भूत भैरव, कावाख्या तथा माक देवगण गरी बिभन्नि देवीदेवतालाई नचाइएको थियो । जीव जिवात्माहरु एक आपसमा मिलेर बस्नुपर्छ भन्ने मान्यताका साथ उक्त नाच देखाइने गरिएको स्थानीयहरुको भनाइ छ ।
मध्यपुरथिमिलाई भूतप्रेत, पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको नाच देखाउने परम्परा रहेको संस्कृतिविद्हरुको भनाइ छ ।
Facebook Comment