सुनको मूल्य घट्यो
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि विहिबार सुनको मुल्य १ लाख ५१ हजार ९ सय रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment