प्रहरी इन्सपेक्टरले नै कारमा बलात्कार गरे, भिडियो बनाए र ब्ल्याकमेल गरे

डिसी नेपाल
२६ साउन २०७६ १३:१७

काठमाडौं। प्रहरीलाई रक्षक मानिन्छ तर रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? एक प्रहरी इन्स्पेक्टरले एक युवतीलाई कारमा बलात्कार गरे, भिडियो बनाए र ब्ल्याकमेल गरेको रहस्य खुलेको छ । हरियाणाको गुरुग्राममा एक महिलाले ती पुलिस इन्स्पेक्टरमाथि बलात्कारको आरोप लगाएकी हुन् ।

आज तकको समाचार अनुसार ती आरोपी पक्राउ परेका छन् । अदालतमा पेश गरेपछि उनलाई तीन दिनको लागि पुलिस रिमाण्डमा पठाइएको छ । ती इन्स्पेक्टर गुरुग्राममा सदर थाना प्रमुखको रुपमा कार्यरत थिए । पीडित महिलाले जिन्दको महिला पुलिस थानामा उजुरी गरेकी थिइन् । महिलाका अनुसार बलात्कारको भिडियो बनाइएको छ र उनीमाथि कैयौं पटक शोषण भएको छ ।

पुलिसका अनुसार गुरुग्रामको दर पुलिस थानामा दर्ता भएको कुनै मुद्दाको सिलसिलामा ती इन्पेक्टरले पीडित महिलालाई भेटेका थिए । पुलिसले अहिले आरोपीसँग सोधपुछ गरिरहेको छ । रिपोर्टका अनुसार १० जुलाइमा इन्स्पेक्टरले महिलालाई कारमा बलात्कार गरेर भिडियो बनाएका थिए । त्यसपछि भिडियोका आधारमा ब्ल्याकमेल गरेर कैयौं पटक शोषण गरे । महिलाका अनुसार उनले ११ जुलाइमा आफ्नै घर बोलाएर बलात्कार गरेका थिए । पीडित महिलाको उमेर ३० वर्ष छ । उनको २०१७ मा विवाह भएको बताइएको छ । तर, छिटै उनको सम्बन्धविच्छेद भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *