अन्तर्राष्ट्रिय स्तरको भलिवल कभर्डहल बनाउन उप समिति गठन

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन सदस्यीय उप समिति गठन गरेको छ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिवल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो।
परिषद्का सदस्य सचिव स्तरिय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानिय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नु पर्ने छ। यस्तै जग्गा एकिन भएपछि २०८१ असोज महिना भित्र डि पीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिईएको छ।
उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन्।
Facebook Comment