रुसले युक्रेनमा ठूलो हवाई हमला गर्यो, पाँच जनाको मृत्यु
काठमाडौं । रुसले सोमबार बिहान युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । जसमा कम्तीमा पाँच जनाको ज्यान गएको छ ।
यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमणका लागि १०० भन्दा बढी मिसाइल र १०० ड्रोन प्रयोग गरेको बताए । यी आक्रमणहरू कीभ, खार्किभ, ओडेसा र पश्चिमी क्षेत्रहरूमा गरिएका छन्।
युक्रेनका प्रधानमन्त्री डेनिस श्म्याहलले देशका १५ क्षेत्रका धेरै सहरमा विष्फोट भएको बताएका छन् । नले भने ‘हाम्रो ऊर्जा पूर्वाधार लक्षित छ। यसैलाई मध्यनजर गर्दै हवाई आक्रमणको अलर्ट जारी गरिएको छ ।’
युक्रेनी वायुसेनाले रुसले लगातार हवाई हमला गरिरहेको बताएको छ । ड्रोन अझै युक्रेनको क्षेत्रमा छन्।
युक्रेन कुर्स्क क्षेत्रमा धेरै ठाउँमा प्रवेश गरेको बेला रुसले आक्रमण गरेको हो । रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा हमला गरेको थियो र त्यसयता दुई देशबीच युद्ध चलिरहेको छ ।
Facebook Comment