भीम रावलको प्रश्न-टुंडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने कि दमनमा उत्रिने?

डिसी नेपाल
१३ भदौ २०८१ १३:३३

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लंघन भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् ।

उनले भनेका छन्-

टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लंघन हो। जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी। जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *