पारस खड्का लिजेन्ड लिग क्रिकेटको गुजरात टिममा अनुबन्धित, लिलामीमा बेस मूल्यभन्दा बढीमा बिके

डिसी नेपाल
१३ भदौ २०८१ १३:४२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लिजेन्ड्स लिग क्रिकेटमा गुजरात जाइन्ट्सबाट खेल्ने भएका छन् । अहिले भइरहेको खेलाडी लिलामीमा खड्का आफ्नो बेस मूल्यभन्दा बढीमा बिक्री भएका हुन् ।

पारस खड्काले आफ्नो बेस मूल्य १५ हजार डलर अर्थात १२.५८ लाख भारतीय रुपैयाँ राखेका थिए । लिलामीमा उनको माग बढ्दै गएपछि उनलाई अन्ततः गुजरात जाइन्ट्सले १५.५८ भारतीय रुपैयाँमा खरिद गरेको हो ।

लिजेन्ड्स लिग क्रिकेट विभिन्न देशमा राष्ट्रिय टिमबाट खेलिसकेका र हाल सन्यास लिइसकेका खेलाडीहरु खेल्ने प्रतियोगिता हो । यसमा धेरै टेस्ट र एसोसिएट राष्ट्रका चर्चित खेलाडीहरु खेल्छन् । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् र अहिले क्रिकेट व्यवस्थापनमा सक्रिय छन् । उनी नेपाल क्रिकेट संघको निर्वाचित सचिव हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *