प्रचण्डलाई गगनको चेतावनी-एकछिनको उत्तेजनाले आफैंलाई जलाउला

डिसी नेपाल
१३ भदौ २०८१ १५:००

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न प्रचण्डलाई सुझाव दिएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै थापाले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुनसक्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न सुझाव दिएका हुन्।

उनले एकछिनको लाभको उत्तेजनाले आफैंलाई जलाउन सक्ने चेतावनी दिए। प्रतिपक्षी दल समग्र प्रणालीको नभई सरकारको मात्रै प्रतिपक्षी भएको भन्दै थापाले प्रतिपक्षी दलले आफ्नो क्रियाकलापप्रति गम्भीर हुनुपर्ने जनाए।

त्यस्तै महामन्त्री थापाल सहकारी ठगी प्रकरणमा आफूहरुकै कारण छानविन समिति गठन भएको र प्रमाण पनि दिएको बताए। जसका कारण ९ मिनेटमा स्पष्ट पार्ने दावी गरेका रवि लामिछानले छानविन समितिमा ९ घण्टासम्म बयान दिनुपरेको उनले टिप्पणी गरे।

छानविन समितिप्रति आफूहरुको पूर्ण विश्वास रहेको भन्दै थापाले तथ्य र प्रमाणको आधारमा फैसला आउने दिन कुरेर बसेको जिकिर गरे। त्यस्तै थापाले नीतिगत निर्णयका आधारमा भ्रष्टाचारीलाई जोगाउने काम कुनै हालतमा स्वीकार्य नहुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *