नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा एक व्यक्ति पक्राउ

डिसी नेपाल
१३ भदौ २०८१ १६:२१

काठमाडौं । अमेरिकाको ह्युस्टन प्रहरी विभागले त्यहाँ हत्या गरिएकी नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको मृत्युको सम्बन्धमा एक जनालाई पक्राउ गरेको छ ।

यसअघि अधिकारीहरूले आफूले खोजिरहेका संदिग्धको निगरानी तस्बिर जारी गरेका थिए । यद्यपि, बुधवार अधिकारीहरूले पक्राउ गरेको व्यक्ति त्यो व्यक्ति हो कि होइन भन्ने स्पष्ट छैन। फक्स २६ ह्युस्टनका अनुसार अधिकारीहरूले अन्य कुनै विवरण जारी गरेका छैनन्।

नेपालको भोजपुर घर भइ अमेरिकामा अध्ययन गरिरहेकी २१ वर्षीया मुना पाण्डेको गोली हानी हत्या भएको थियो । उनको हत्या कहिले भएको हो भन्ने स्पष्ट छैन । उनको पहिले नै हत्या भइसकेको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीका अनुसार उनको छातीमा गोली लागेको थियो। उनको शव स्थानीय समयानुसार सोमबार अपराह्न वेस्ट एयरपोर्ट बुलेवार्डस्थित आफ्नै अपार्टमेन्टमा फेला परेको थियो।

२०२१ मा आफ्नो अध्ययनका लागि अमेरिकामा आएकी उनी ह्यूस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। पाण्डे आफ्नो परिवारकी एकमात्र सन्तान थिइन्। घटनाका बारेमा मृतकका नेपालमा रहेका परिवार र आफन्तलाई जानकारी गराइएको छ।

रिपोर्टका अनुसार शनिबारदेखि नै उनको फोन बन्द थियो, जसले गर्दा यो घटना सप्ताहन्तमा नै भएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार घटनास्थलमा कुनै हतियार फेला परेको छैन र हत्याको उद्देश्य के थियो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *