रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता
काठमाडौं। रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ। मिडिया रिपोर्टका अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका थिए।
इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसको भाचकाजेट्स ज्वालामुखी नजिकैको साइटबाट २५ किलोमिटर टाढा निकोलाएभकामा हेलिकप्टर उडेको थियो।
हेलिकप्टरले मस्को र सेन्ट पिटर्सबर्गका पर्यटकहरू बोकेको थियो र हेलिकप्टर तालमा खसेको जनाएको छ।
एमआई-८टी हेलिकप्टर १९६० मा डिजाइन गरिएको र यसमा दुईवटा इन्जिन रहेको बताइएको छ। उद्धारकर्मीले बेपत्ता भएको हेलिकप्टरको खोजी सुरु गरेका छन् । हेलिकप्टर बेपत्ता भएको क्षेत्रमा हुरीबतास र कुहिरो देखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
यो हेलिकप्टर संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने हेलिकप्टरहरू मध्ये एक रहेको बताइएको छ। रूसले यसको १७ हजारभन्दा बढी एकाइहरू बनाएको छ । भारत, चीन, इरानलगायत ५० भन्दा बढी देशले यसको प्रयोग गरिरहेका छन्। यो दुवै नागरिक र सैन्य मा प्रयोग गरिन्छ।
रुसमा एमआई- ८ पछिल्लो पटक यसै महिनाको सुरुमा, १६ जना सवारहेलिकप्टर रुसको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको थियो।
कामचटका मस्कोबाट ६,००० किमी पूर्व र अलास्काबाट २,००० किमी पश्चिममा अवस्थित छ। यो क्षेत्र आफ्नो सौन्दर्यको लागि परिचित छ, त्यसैले धेरै पर्यटकहरू यहाँ आउँछन्। यहाँ लगभग १६० ज्वालामुखी छन् र ती मध्ये २९ अझै सक्रिय छन्।
Facebook Comment