पहिरोमा परी एकै परिवारका १२ जनाको मृत्यु, मारिनेमध्ये ९ जना बालबालिका
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा परी एकै परिवारका १२ जनाको मृत्यु भएको छ ।
भारी वर्षाका कारण यस परिवारको माटोको घरको छाना खसेको माथिल्लो दिर जिल्लाका राहतकर्मीहरूले बताएका छन्। दुर्घटना हुँदा परिवारका सदस्य सुतिरहेका थिए ।
भग्नावशेषबाट शव निकालिएकामध्ये यस परिवारका नौ जना बालबालिका रहेका छन् ।
खैबर पख्तुनख्वामा पछिल्लो एक महिनादेखि भारी वर्षा भइरहेको छ । जसका कारण यहाँको बाढीले ठूलो पुल पनि बगाएको छ ।
पहिरोका कारण काराकोरम राजमार्गको एक भाग पनि बन्द गर्नुपरेको छ ।
प्रतिक्रिया
Facebook Comment