नेप्सेमा ५६ अंकको गिरावट, १० अर्बको कारोबार

डिसी नेपाल
१६ भदौ २०८१ १५:३७

काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ५६.१६ अंकले घटेर २६९३.४० विन्दुमा पुगेको छ ।

आइतबार ३३७ कम्पनिको कूल २ करोड ६० लाख ८४   हजार ८८ कित्ता शेयर १ लाख २९ हजार ७९३ पटक कारोबार हुदा १० अर्ब ४४ करोड ४ लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन्।

त्यस्तै, आज सुपर माइ हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ५२ करोड ३१  लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता शेयर कारोबार भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *