क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो चेल्सी

डिसी नेपाल
१७ भदौ २०८१ ६:५३

काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ। आइतबार सम्पन्न खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो।

खेलको २५औं मिनेटमा निकोलस ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सी खेलको ५३औं मिनेटमा क्रिस्टल प्यालेसका इबेरेची एजेले गोल गरेपछि बराबरीमा रोकिएको हो।

यो बराबरीपछि चेल्सीको ३ खेलमा ४ अंक भएको छ भने क्रिस्टल प्यालेसले भने ३ खेलमा पहिलो अंक हासिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *