अमेरिका र इराकको संयुक्त कारबाहीमा १५ आईएस लडाकू मारिए

डिसी नेपाल
१७ भदौ २०८१ १०:५४

काठमाडौं । अमेरिकाले आफ्नो सेनाले इराकी सुरक्षा बलसँगको संयुक्त कारबाहीमा इस्लामिक स्टेट (आईएस) का १५ लडाकू मारेको जनाएको छ ।

यस संयुक्त अभियानमा अतिवादी समूहको नेतृत्वलाई निशाना बनाइएको थियो। अमेरिकी सेन्ट्रल कमाण्डले बिहीबार इराकको पश्चिमी भागमा यो संयुक्त अभियान सञ्चालन गरिएको जनाएको छ ।

सेन्ट्रल कमाण्डले एक विज्ञप्तिमा भन्यो – अमेरिकी र इराकी सैनिकहरूले खतरनाक हतियार, ग्रेनेड र विस्फोटक आत्मघाती बेल्टले सशस्त्र लडाकुहरूसँग सामना गरे। यो घटनामा कोही पनि सर्वसाधारण घाइते भएनन् ।

तर, यस कारबाहीमा केही अमेरिकी सैनिक घाइते भएको अमेरिकी सञ्चारमाध्यममा खबरहरु आइरहेका छन् ।

यसअघि जारी गरिएको विज्ञप्तिमा इराकी सेनाले संयुक्त कारबाहीका क्रममा गरिएको हवाई हमलामा अतिवादीहरूको स्थानलाई निशाना बनाइएको जनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *