विराट कोहलीको शतकमा वेष्टइण्डिजलाई २८० रनको लक्ष्य

डिसी नेपाल
२६ साउन २०७६ २३:४२

एजेन्सी। भारत र वेष्टइण्डिजबीच जारी दोस्रो एक दिवसीय क्रिकेटमा भारतले पहिला ब्याटिंग गर्दै ७ विकेटमा २७९ रन बनाएको छ। पोर्ट अफ स्पेनमा भारतले टस जितेर पहिला ब्याटिंगको निर्ण लिएको थियो। पहिला ब्याटिंग गर्ने निर्णय भने भारतका लागि राम्रो देखिएन । टिमको स्कोरमा ३ रन हुँदा ओपनर शिखर धवन आउट भए।

यस्तै अर्का ओपनर रोहित शर्मा १८ रन बनाएर टिमको स्कोर ७६ हुँदा आउट भए। त्यसपछि मैदानमा आएका ऋषभ पन्तले २० रनको योगदान दिए भने विराट कोहलीले शतक प्रहार गरे। कोहलीले १२० रन बनाए। भारतका लागि छैटो एक दिवसीय म्याच खेलिरहेका श्रेयस ऐय्यरले ७१ रनको उत्कृष्ट इनिंग खेले। विराट र ऐय्यरबाहेक अन्यले राम्रो ब्याटिंग गर्न सकेनन्।

वेष्टइण्डिजका लागि कार्लोस ब्रेथवेटले सबैभन्दा धेरै ३ विकेट लिए । शेल्डेन कोट्रेल, रोष्टन चेज र कप्तान जेसन होल्डरले एक एक विकेट लिए। जवाफी ब्याटिंग गर्न वेष्टइण्डिज केही समयपछि मैदानमा आउने छ।

पहिलो ओडिआई वर्षाका कारण रोकिएको थियो। दोस्रो खेलमा पनि केही समय वर्षाले बाधा पारेको थियो । वेष्टइण्डिज भ्रमणमा रहेको भारतले टि ट्वान्टी सिरिज भने व्हाइटवास गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *