पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशालाई राप्रपा अध्यक्ष लिङ्देनको बधाइ

डिसी नेपाल
१८ भदौ २०८१ १०:१५

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिक अन्तर्गत पारा तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्धन श्रेष्ठले ऐतिहासिक कास्य पदक प्राप्त गरेको भन्दै बधाइ दिएका छन्।

अध्यक्ष लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै सीमित स्रोत साधन र आवश्यक प्रशिक्षणका बावजुद ऐसिहासिक कास्य पदक जित्न सफल भएकोमा आफूलाई खुशी लागेको उल्लेख गरेका छन्।

‘नेपाली खेलकुद इतिहासमा कुनै पनि ओलम्पिक्समा आधिकारिक पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी पलेशाको सफलता अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता भएको छ। उनले नेपाललाई दिलाएको पदक राष्ट्रिय गौरवको विषय हो’ अध्यक्ष लिङदेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खेलकुद क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने, खेलकुदमा लगानी वृद्धि गर्नुपर्ने, खेलाडीलाई हौसला प्रदान गरी मनोबल उच्च बनाउने काममा सरकारको ध्यान पुग्नुपर्दछ। खेल क्षेत्रको समग्र विकासमा हुने सरकारको प्रयासमा राप्रपाको साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै बिजेता पलेशालाई पुनस् राप्रपाको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *