पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने

डिसी नेपाल
१९ भदौ २०८१ ७:०३

काठमाडौं। परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ।

पलेशा आज बिहान काठमाडौं आउँदै छन्। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ।

परिषदका अनुसार साढे ८ बजेदेखि शुरु हुने र उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *