फ्रान्समा आप्रवासीले भरिएको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, धेरै घाइते
काठमाडौं । फ्रान्सको ले पोटेल नजिकैको समुन्द्रमा आप्रवासीले भरिएको डुङ्गा पल्टिएको छ । यसबाट हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । फ्रान्सको कोस्टगार्डले अहिलेसम्म ५३ जनाको सकुशल उद्धार गरिएको जनाएको छ ।
कोस्ट गार्डले उद्धार गरिएका धेरैलाई तत्काल उपचार आवश्यक रहेको बताएको छ । समुन्द्रमा खोजी कार्य जारी छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
उत्तरी फ्रान्सका मानिसहरूले लगातार बेलायत प्रवेश गर्ने प्रयास गरिरहेका छन्। यो वर्ष हालसम्म २० हजार मानिस फ्रान्सबाट बेलायत पुगेका छन् । यसले यहाँको सरकारलाई दबाब दिएको छ ।
प्रतिक्रिया
Facebook Comment