जर्मनीको म्युनिखमा इजरायली महावाणिज्य दूतावास नजिकै प्रहरीले गोली चलाउँदा एक संदिग्धको मृत्यु

डिसी नेपाल
२१ भदौ २०८१ १२:५१

काठमाडौं । जर्मनीको म्युनिखमा रहेको नाजी डकुमेन्टेसन सेन्टर र इजरायली वाणिज्य दूतावास नजिक प्रहरीले गोली चलाउँदा एक संदिग्ध व्यक्तिको मृत्यु भएको छ ।

उक्त व्यक्तिलाई गोली हानेपछि क्यारोलिनप्लाट्ज क्षेत्र घेरिएको छ । यो क्षेत्र इजरायली वाणिज्य दूतावासबाट अलि टाढा छ।

बभेरियन प्रहरीले भने दोस्रो संदिग्धको कुनै संकेत नभएको बताएको छ। प्रहरीले यस घटनाको कुनै पनि तस्विर सामाजिक सञ्जालमा पोस्ट नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रहरीले उक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । यस क्षेत्रका कार्यालय र घरहरूमा उपस्थित मानिसहरूलाई भित्रै बस्न भनिएको छ। घटनालगत्तै प्रहरीको हेलिकप्टर इलाकामा घुमिरहेको देखियो ।

प्रहरीले स्थिति प्रष्ट पार्ने प्रयास गरिरहेको बताएको छ । उसले यो घटनालाई लिएर जनताले अड्कलबाजी नगर्न भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *