परराष्ट्रमन्त्रीको स्वीकारोक्ति-राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन सकिएन

डिसी नेपाल
२४ भदौ २०८१ १३:५४

काठमाडाैं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन नसकेको स्वीकार गरेकी छन्।

सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा विविध कारणले केही कमिकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि लाने बताएकी हुन्।

संविधानमा समानुपातिक समावेशिता बिषय उल्लेख गरेपनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउदा बिशेष ध्यान दिनुपर्ने उनले बताइन्। उनले महिला राजदूत तोक्नका लागि पनि संख्या नै स्पष्ट हुनुपर्ने जिकिर गरिन्।

मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिहरुलाई पनि गहन रुपमा सुनुवाई गरेर मात्रै अनुमोदन गर्न समिति समक्ष आग्रह गरे।

बैठकमा समिति सदस्यहरुले एकैपटक १७ जना राजदूतको सिफारिस हुदा पनि समावेशी समानुपातिकमा सरकारले ध्यान दिन नसकेको धारणा राखेका थिए। सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो। प्रस्तावित राजदूतहरुको समितिले सुनुवाई समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *